सवारी सधानको बेथिति रोक्न नागरिक सचेत बन्नुपर्छः ट्राफिक प्रहरी

 सोमवार, अशोज २५, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । जिल्ला ट्राफिक प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव निरीक्षक विकल भट्टराईले नागरिक सचेत नहुदा सवारी साधन सञ्चालनमा बेथिति बढेको बताए ।
सावरी साधनमा देखिएको बेथिति न्यूनिकरण गर्नको लागि नागरिक आफैँ पनि सचेत नभइदिंदा समस्या भएको भट्टराईले बताए । भाडा बढी लिने, सवारी साधन लापरबाही तरिकाले सञ्चालन गर्नेजस्ता गतिविधि गर्ने सवारी साधनलाई नागरिक सचेत र जिम्मेवारी नबन्दिदा नियन्त्रण गर्न समस्या भएको भट्टराईको भनाई छ ।
दशैँ सुरु भएसँगै जिल्लामा दैनिक मात्रमा भित्रिने सवारी साधनको तुलनामा २५ प्रतिशतले सवारी आवागमनमा वृद्धि भएको ट्राफिक प्रहरी प्रमुख भट्टराईले जानकारी दिए । पछिल्लो समयमा बढी भाडा असुल्ने सवारी साधनहरुको संख्या कमै रहेको भट्टराईको भनाई छ ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख भट्टराईका अनुसार जिल्ला भित्रिने यात्रुवाहक सवारी साधनहरुलाई चेकजाँच तथा यात्रुसँग सोधखोज गर्दा आफूहरु ठगियौँ भनेर यात्रुले गुनासो गरेका छैनन् । शनिबार चेकजाँचको क्रममा एउटा माइक्रो बसले एक जना यात्रुसँग बढी भाडा लिएको पाइएपछि बढी भाडा बापतको शुल्क फिर्ता गराई कारबाही गरिएको भट्टराईले जानकारी दिए ।
दशैँमा सवारी आवागमनको चाप बढ्ने गरेको हुँदा जिल्लाका मुख्य प्रवेश नाका सेलेघाट, सित्खा र खिम्तीमा ट्राफिक चेकजाँचमा समेत कडाइ पारिएको उनले जानकारी दिए । चाडपर्वको मौका छोपी यात्रुसँग भाडा बढि लिन सवारी साधनलाई कारबाही गरिने भट्टराईले बताएका छन् ।
टिकट काउण्टरमै गएर टिकट काटेर यात्रा गरेको खण्डमा बढी भाडा तिर्नुपर्ने समस्याबाट बच्न सकिने उनको भनाई छ । तर, नागरिकहरु सवारी साधनमा यात्रा गर्ने क्रममा खासै सचेत भएको पाइदैन भट्टराईले भने । टिकट काट्नै झन्झट मानेर टिकट नै नलिई गाडीमा चढ्ने र बीचबाटोमा आएर पैसा तिर्ने गर्दछन्, त्यसकारण पनि सवारी सञ्चालकबाट यात्रु ठगिने सम्भावना बढि हुने भट्टराईको भनाई छ ।
आफ्नो गन्तव्य स्थानमा पुग्नुपर्ने चटारोका कारण नागरिक बढी भाडा तिर्ने गर्दछन् । ट्राफिक नियम सरकारले बनाएको कानून हो, यसको पालना गर्नु हामी सबैको दायित्व हो भनेर यात्रु र सवारी चालकले नबुझ्दा यात्रुहरुले बेलाबेलामा विभिन्न सास्ती खेप्दै आउनु परेको छ । कानूनतः सवारी साधनमा यात्रा गर्दा आफू ठगिएको तथा दुव्र्यवहारमा परेको कुरा सहनु पनि अपराध नै हो । यात्रु र सवारी सञ्चालनक दुवै पक्ष सचेत भएको खण्डमा त्यस्ता समस्या स्वतः हल हुँदै जाने सामाजिक अभियन्ताहरु बताउँछन् ।

Share this

प्रतिकृया

Add