ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

 मङ्लबार, मंसिर १४, २०७८ | onlinenews
Share this

रामेछाप । मन्थली नगरपालिका–६ मसानटारमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । चितवनको नारायणगढबाट बियर बोकेर रामेछापको मन्थली आउदैँ गरेको प्रदेश २–३– ००६ ख ४७६२ नम्बरको ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । बिहान ७ बजेर १० मिनेट जाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । ट्रक अनियन्त्रीत भई सडकबाट करिब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिए ।
दुर्घटनामा अर्घाखाँची घर भई हाल भरतपुर महानगरपालिका–८ चितावन बस्दै आएका २८ वर्षीय सूर्यबहादुर भाट रहेका छन् । ट्रकका सह–चालाक भने हाम्फालेर बाच्न सफल भएको प्रहरीले जानकारी दिएको छ ।

Share this

प्रतिकृया

Add