घर–घरमै सामाजिक सुरक्षा भत्ता, खुशी छन्, बृद्धबृद्धा र अशक्त

 बुधबार, पुस ७, २०७८ | onlinenews
Share this

सन्तोष ढुङ्गेल


रामेछाप । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ ले वडा भित्र अशक्त तथा ज्येष्ठ नागरिकहरुलाई घर–घरमै सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । सरकारले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणाली मार्फत वितरण गर्नुपर्ने नियम लागू गरेपछि अशक्त तथा बृद्धअवस्थाका ज्येष्ठ नागरिकलाई बैंकसम्म जान समस्या भइरहेको थियो ।
वडाले घर–घरमै आएर सामाजिक सुरक्षा भत्ता दिँदा आपूmहरुलाई खुशी लागेको ज्येष्ठ नागरिकहरु दिलमाया बगर बताउछिन् । अपाङ्गता भएर बैशाखीको भरमा हिड्ने रामेछाप नगरपालिका–७ का शिबबहादुर मगरले सुबिधा घरमै आउँदा आपूmलाई धेरै खुशी लागेको बताए ।
डोकोमा बोकिएर भत्ता लिनुपर्ने दिनको अन्त्य भएको छ यो काम निरन्तर रहोस् मगरले भने । ज्येष्ठ नागरिकहरुलाई सहज होस् र सास्ती बेहोर्नु नपरोस् भनेर सामाजिक सुरक्षा भत्ता घर–घरमै पुगेर वितरण गरिएको रामेछाप नगरपालिका वडा नं ७ का अध्यक्ष समीर कार्कीले बताए ।
अशक्त तथा ज्येष्ठ नागरिकहरूलाई घर–घरमै गएर शाखा रहित बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न लक्ष्मी बैंक मन्थली शाखा तयार भएपछि वडाले घरघरमै गएर भत्ता वितरण गरेको पनि कार्कीले जानकारी दिए ।

Share this

प्रतिकृया

Add