रामेछापको उच्च भेगमा हिमपात, जनजीवन प्रभावित

 बुधबार, पुस १४, २०७८ | onlinenews
Share this

सन्तोष ढुङ्गेल


रामेछाप । जिलाको उच्च भेगमा हिमपातको कारण जनवीवन प्रभावित भएको छ । रामेछापको दोरम्बा शैलुङ्ग, गोकुलगंगा र उमाकुण्ड गाउँपालिकामा हिमपात भएको स्थानीयले जानकारी दिएका छन् । उमाकुण्ड गाउँपालिकाका ७ वटै वडामा हिमपात भएको र सवारी साधन समेत अवरुद्ध भएको उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिए ।
चिसो र हिमपातको करण अप्रिय घटना नघटोस् र स्थानीयबासीलाई संकट नपरोस् भनेर गाउँपालिकाले उच्च सतर्कता अपनाएको अध्यक्ष सुनुवारले बताए । वर्षासँगै हिमपात निरन्तर भएकाले आफुहरु घरभित्रै बसिरहेको र दैनिक जिवनयापनमा समेत असर परेको उमाकुण्ड गाउँपालिका–३ भुजीका स्थानीय हरिकाजी श्रेष्ठले बताए । यस्तै जिल्लाको गोकुलगंगा गाउँपालिकाको तामेमा पनि हिमपातका कारण जनजीवन प्रभावित भएको छ । स्थानीयका अनुसार हिमपातका कारण जनजीवन कष्टकर भएको छ ।
रामेछाप जिल्लाकै उच्च भेगमा पर्ने शैलुङ्गमा पनि अत्यधिक हिमपात भएको छ । दोरम्बा शैलुङ्ग गाउँपालिकाको वडा नं १, २, ४ र ७ मा हिमपात भएको पालिकाले जनाएको छ । वर्षासँगै हिमपात भएकाले जनजीवन कष्टकर भएको वडा नं ४ का अध्यक्ष टलक मगरले जानकारी दिए ।
चिसोका कारण हुनसक्ने समस्यालाई ध्यानमा राखेर घरबाट बाहिर ननिस्कन बडाबासीलाई आग्रह गरिएको पनि अध्यक्ष मगरले बताए । न्यानो कपडा लगाउन र तातो खानेकुरा खानको लागि सम्पूर्ण वडाबासीलाई आह्वान गरिएको पनि अध्यक्ष मगरले जानकारी दिए ।

Share this

प्रतिकृया

Add