एमाले रामेछापको अध्यक्षमा मेरो विकल्प छैनः तामाङ

 बुधबार, पुस २१, २०७८ | onlinenews
Share this

सन्तोष ढुङ्गेल


रामेछाप । नेकपा एमाले रामेछापको आठाैँ जिल्ला अधिवेशन नजिकिदै जाँदा माहौल तातेको छ । यही पौष २३ र २४ गते हुने आठौँ जिल्ला अधिवेशनमा नेकपा एमाले रामेछाप उपाध्यक्ष एवं खाँडादेवी गाउँपालिका अध्यक्ष समेत रहेका प्रेमबहादुर तामाङले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । गाउँपालिका अध्यक्ष भएर काम गरिरहेको र जिल्ल पार्टीको समेत उपाध्यक्ष भइसकेकाले आपूm निर्विकल्प अध्यक्षको उम्मेदवार भएको तामाङले बताए । पार्टी एकताका लागि आफूले केन्द्रिय सदस्यको पद त्यागेको बताउँदै तामाङले भने जिल्ला अध्यक्षमा मेरो विकल्प छैन । जिल्लाका नेताको वरीयतामा पनि सिनियरभित्र पर्ने भएकाले आपूm अध्यक्ष हुने तामाङको दाबी छ । नेकपा एमाले रामेछापको संगठन सुदृढीकरण गर्न साथै आगामी निर्वाचनमा केन्द्र, प्रदेश र स्थानीय तहमा पार्टीको नेतृत्व स्थापित गर्न पनि आपूm अध्यक्ष हुन आवश्यक रहेको तामाङले हाम्रो अनलाइनलाई बताए । आपूm पार्टीको आधिकारिक उम्मेदवार भएकाले हल्लाको पछि नलाग्न कार्यकर्तालाई आग्रह गर्न चाहन्छु तामाङले भने ।

Share this

प्रतिकृया

Add