दाता संस्था तथा समाजसेविद्धारा विद्यालयलाई सहयोग

 शुक्रबार, पुस २३, २०७८ | onlinenews
Share this

सन्ताष ढुङ्गेल


रामेछाप । दाता संस्था तथा समाजसेविहरुको सहयोगमा लिखु तामाकोसी गाउँपालिका अन्तर्गतका आधा दर्जन भन्दा बढी विद्यालयलाई शैक्षिक सामग्री तथा उपकरण वितरण गरिएको छ । शैक्षिक गुणस्तर सुधारको उद्देश्यले एनआरएनए अष्ट्रेलिया कुइन्सल्याण्डले कम्प्युटर, प्रिन्टर र फोटोकपी मेसिन उपलब्ध गराएको थियो । त्यसैगरी अमेरिका निवासी पंकज खड्काको व्यक्तिग आर्थिक सहयोगमा शैक्षिक सामग्री वितरण गरिएको नेपाली काँग्रेस प्रदेश ’क’ रामेछापका सभापति निरोज खड्काले जानकारी दिए ।
गाउँपालिका भित्रका कैलेस्वर आधारभूत विद्यालय लिखु तामाकोशी–६ गैरी, भुमेथान आधारभूत विद्यालय नाङथली स्वाहारा खिम्ती, जनता आधारभूत विद्यालय केउरेनी, बाल कन्यादेवी आधारभूत विद्यालय लिखु तामाकोशी–३ कांबामा शैक्षिक सामग्री वितरण गरिएको खड्काले बताए ।

 विद्यालयको अवस्था कमजोर रहेको भनि स्थानीय बुद्धिजीवीहरुले एनआरएनए अष्ट्रेलिया कुइन्सल्याण्डलाई सहयोगको लागि गरेका अनुरोधलाई स्वीकार गर्दै कुइन्सल्याण्दले बाल कन्यादेवी आधारभूत विद्यालय लिखु तामाकोशी–३ कांबालाई कम्प्यूटर, प्रिन्टर र फोटोकपी मेशिन उपलब्ध गराएको समाजसेवी पराग खड्काले जानकारी दिए । शैक्षिक सामाग्री तथा उपकरण जुटाउन समाजसेवी उमेश खड्काले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।


शैक्षिक सामाग्री तथा उपकरण जुटाउन काठमाडौमा रहेका स्मृति शर्मा, दिपेश कार्की र यमनारायण श्रेष्ठले व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेका थिए । प्राप्त शैक्षिक सामग्री तथा उपकरण विद्यालयमै पुगेर नेपाली काँग्रेस रामेछाप प्रदेश ’क’ का सभापति निरोज खड्का, लिखुतामाकोशी गाउँपालिका सभापति भोजराज खड्का लगायतका व्यक्तिहरुले वितरण गरेका थिए ।

Share this

प्रतिकृया

Add