खानेपानी उपभोक्त समिति खारेजी माग गर्दै उजुरी

 बुधबार, माघ १९, २०७८ | onlinenews
Share this

रामेछाप । स्थानीय सरकारले अवैधानिक रुपमा खानेपानी उपभोक्ता समिति बनाई उपभोक्ताको अपमान गरेको भन्दै खाँडादेवी गाउँपालिका वडा नं ४ र ५ का उपभोक्ताहरुले उक्त समिति खारेजीको माग गरेका छन् ।
स्थानीय सरकारले १८ महिना अगाडि पुरानो समितिलाई भंग गरेर ६ महिनाको लागि बनाएको नयाँ समिति अवैधानिक भएको भन्दै खारेजीको माग गर्दै संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय मन्थलीमा बहुमत उपभोक्ताको हस्ताक्षर सहित उजुरी दिएका छन् । स्थानीय सरकारले कानुन मिचेर अवैधानिक रुपमा उपभोक्ता समिति गठन गरेकाले आपूmहरुले कुनैपनी हालतमा स्वीकार गर्न नसक्ने खाँडादेवी गाउँपालिका वडा नं ५ का उपभोक्ता बिराज श्रेष्ठले बताए ।
तदर्थ समितिको पनि अवधि ६ महिनासम्म भएपनि १८ महिनासम्म अवैधानिक रुपमा काम गरिरहेकाले तत्काल खारेज गर्न आपूmहरूले उजुरी दिएको श्रेष्ठले बताए । स्थानीय सरकारले राजनैतिक आस्थाका आधारमा पुरानो समिति विघटन गरेको भन्दै समिति खारेज नभए आपूmहरु चरणबद्ध संघर्षमा उत्रने समेत श्रेष्ठले चेतावनी दिए ।
बहुमत उपभोक्तहरु अहिले समितिको विरुद्धमा रहेको र आफूहरुउले हस्ताक्षर सहित उजुरी दिएको खाँडादेवी गाउँपालिका वडा नं – ४ का उपभोक्ता हरि कार्कीले बताए । खानेपानी उपभोक्ता समितिका ७ सय जना उपभोक्ताहरुको अपमान गर्दै स्थानीय सरकारले आफ्ना नजिकका मानिसहरुलाई राखेर जबरजस्ती समिति बनाएकाले उक्त समिति अपारदर्शी नहुनुका साथै आर्थिक अनियमितता समेत भएको हुन सक्ने भएकाले आपूmहरुले भेला बहिष्कार गर्दै आएको र तत्काल निर्वाचन वा सर्वसम्मत तरिकाले उपभोक्तहरुको उपस्थितिमा नयाँ समिति बनाउनका लागि माग गरेको कार्कीको भनाइ छ । खाँडादेवी गाउँपलिकाले १८ महिना अघि पकरबास–भिरपानी पम्पिङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितिका संस्थापक अध्यक्ष रामकृष्ण ढुङ्गेललाई हटाएर स्थानीय भक्तबहादुर श्रेष्ठलाई तदर्थ समितिको अध्यक्ष बनाएको थियो । हालको समितिको खारेजीको माग गर्दै नेपाली काङ्ग्रेस र माओवादी केन्द्र खाँडादेवी गाउँपालिका वडा नं ४ र ५ का अध्यक्षहरूले संयुक्त विज्ञप्ति मार्फत बिरोध जनाएका थिए । पकरबास–भिरपानी पम्पिङ्ग खानेपानी तथा सरसफाई उपभोक्ता समितिको स्किम नं १ मा लामो समयदेखि उपभोक्ता समिति निर्माणको विषयलाई लिएर विवाद हुँदै आएको छ ।

Share this

प्रतिकृया

Add