नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
रामेछाप । लामो समयदेखि साँगीतिक क्षेत्रमा योगदान पुर्याउँदै आएका रामेछापका केशवप्रसाद कडेल नेपाल साँस्कृतिक संघको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । गत शनिबार बसेको संघको केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेपछि बिहीबार कडेललाई मनोनित गरेको आधिकारिक पत्र दिएको हो ।
संघको विधानको परिच्छेद ७ दफा २० को (च) बमोजिम कडेललाई केन्द्रीय सदस्यमा मनोनित गरिएको नेपाल साँस्कृतिक संघले जनाएको छ । साँस्कृतिक क्षेत्रबाट नेपाली काँग्रेसको संगठन विस्तार तथा सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएकाले कंडेललाई केन्द्रिय सदस्यमा मनोनित गरिएको संघले जानकारी दिएको छ ।