भू तथा जलाधार ब्यवस्थापन कार्यालयको दुरुपयोग भइरहेको छः मन्त्री खड्का

निजी परियोजनाको मनोमानी चलिरहेको ठाउँ हो रामेछाप

 सोमवार, माघ २४, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । बागमती प्रदेश बन तथा वातावरण मन्त्री विशाल खड्काले भू तथा जलाधार ब्यवस्थापन कार्यालयको दुरुपयोग भइरहेको बताए । भू तथा जलाधार ब्यवस्थापन कार्यालय नेता र पहुँचवालाहरुले दुरुपयोग गरिरहेको मन्त्री खड्काले बताए । जलाधार कार्यालय नेता र नेताको आफन्त तथा पहुँचवालाहरुको घर संरक्षणको लागि तारजाली बाड्ने कार्यालयजस्तो भएको मन्त्री खड्काको भनाई छ । आइतबार डिभीजन बन कार्यालय रामेछाप र भू तथा जलाधार ब्यवस्थापन कार्यालय रामेछापसँग छलफल गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । भू तथा जलाधार ब्यवस्थापन अन्तर्गत बहुवर्षीय कार्यक्रमको टिओआर बागमती प्रदेश बन तथा वातावरण मन्त्रालयको क्याविनेटबाट पास गरिएको भन्दै आगामी वर्षदेखि कार्यान्वयमा लैजाने बताए ।
प्राकृतिक स्रोतसाधनलाई समृद्धिसँग जाड्नु पर्ने बताए । हामी समाजवादको आधार तयार पार्ने भनिरहेका छौँ तर प्राकृति श्रोतसाधनको सदुपयोग गर्ने सवालमा राज्यको स्वामित्वमा हुने, नगरिकको स्वामित्वमा हुने वा साझेदारी मोडलमा जाने भन्नेमा दुविधा हुँद योजना निर्माणमा समस्या हुने गरेको मन्त्री खड्काले बताए । प्राकृतिक स्रोतसाधनलाई समृद्धिसँग जोड्न समुदायको सहभागिता महत्वपूर्ण हुने बताए । सरकारले समुदायलाई स्वामित्व दिएर बन संरक्षण गरिरहेको बताउँदै प्राकृतिक स्रोत साधन संरक्षण र सदुयोगमा नागरिकको सहभागिता अपरिहार्य हुने मन्त्री खड्काले बताए ।
जलवायु परिवर्तन नेपालको लागि ठूलो चुनौती बनेर आएकाले वातावरणमैत्री पर्यावरणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने मन्त्री खड्काले बताए । विकशीत मुलुकहरुले उत्सर्जन गरेको कार्वनले मानव जिवन साथै पशुपंक्षि र बोटविरुवामा पारेको असरको बारेमा नागरिकलाई बुझाउन आवश्यक रहेको मन्त्री खड्काको भनाई छ । वातावरणमैत्री विकास आजको आवश्यकता भएको उनको भनाई छ । बागमती प्रदेशमा बनको अवस्था राम्रो रहेकाले घाँस बेचेर पनि राम्रो आम्दानी गर्ने सम्भावना रहेको तर ढलेको रुख समेत उठाउन सक्ने अवस्था नरहेको मन्त्री खड्काको भनाई छ ।
रामेछापमा निजी परियोजनाहरुको मनोमानी र अनियमितता चलिरहेको समेत मन्त्री खड्काले बताए । पहुँच र शक्तिको आडमा प्राकृतिक सम्पदाको अवैध उत्खनन् तथा विना भइरहेको भन्दै यस्ता गतिविधिलाई रोक्न कडाइका साथ लाग्न पनि मन्त्री खड्काले डिभीजन बन कार्यालयलाई निर्देशन दिएका छन् । रामेछापमा कागज उद्योग सञ्चालनको लागि कार्यक्रम बनाउन पनि मन्त्री खड्काले निर्देशन दिए । डिभीजन बन कार्यालय र भू तथा जलाधार ब्यवस्थापन कार्यालयलाई दिर्घकालिन सोचका साथ वातावरणमैत्री तथा नागरिकमैत्र काम गर्न समेत निर्देशन दिएका छन् ।

Share this

प्रतिकृया

Add