थामी समुदायको कर्मकाण्ड लेखन सुरु

 आइतवार, फाल्गुन २२, २०७८ | onlinenews
Share this

नवराज विश्वकर्मा


रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकामा थामी समुदायको कर्मकाण्ड लेखन सुरु भएको छ । नेपाल थामी समाज रामेछाप र निको थामी समाजको आयोजनामा स्थानीय थामी समुदायका अग्रज तथा गुरुआमाहरुको अनुभव र समुदायको रीतिरिवाजका बिषयमा छलफलसँगै थामी समुदायको इतिहास लेखन कार्य सुरु गरिएको हो ।
थामी समुदायको रीतिरिवाजलाई एकरुपता दिने र एकताबद्ध गरेर समुदायको विकासका लागि प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको दोरम्बा शैलुङ्ग गाउँपालिकाका कार्यपालिका सदस्य भक्तबहादुर थामीले जानकारी दिए ।
संघीय सरकारको आर्थिक सहयोग र दोरम्बा शैलुङ्ग गाउँपालिकाको समन्वयनमा थामी उत्थान कार्यक्रम अन्तर्गत कर्यक्रम सञ्चालन गरिएको हो । थामी समुदायको जन्म, विवाह, र मृत्यु संस्कारमा गरिने कर्मकाण्डलाई दस्तावेजको रुपमा पुस्तकमा उतार्ने काम यो लेखन कार्यले गर्ने जनाएको छ । लेखन कार्यले थामी समुदायको अहिलेसम्मको विकास, थामीको भौगोलिक विविधताको पहिचान हुने र आगामी थामी समुदायको विकासका लागि कोशेढुङ्गा सावित हुने विश्वास लिएको छ । लेखन कार्य ९ दिन चल्नेछ ।

Share this

प्रतिकृया

Add