पत्रकार श्रेष्ठ सम्मानित

 शनिबार, अशोज २७, २०८० | onlinenews
Share this

 

रामेछाप- मन्थली बचत तथा ऋण सहकारी संस्थाले वार्षिक रुपमा प्रदान गर्दै आएको उत्कृष्ट पत्रकार पुरस्कारबाट नेपाल आदिबासी जनजाति पत्रकार महासङ्घ बागमती प्रदेश अध्यक्ष तथा रेडियो झङ्कारका स्टेसन म्यानेजर युवराज श्रेष्ठ सम्मानित भएका छन् । संस्थाले सहकारीको क्षेत्रमा कलम चलाउने उत्कृष्ट पत्रकारका रुपमा श्रेष्ठलाई सम्मान गरेको हो ।

नेपाल पत्रकार महासङ्घ रामेछाप शाखाका कोषाध्यक्ष समेत रहेका पत्रकार श्रेष्ठले सहकारीको क्षेत्रका सञ्चार माध्यमको क्षेत्रबाट पुर्याएको योगदानको आधारमा सम्मान गरिएको मन्थली साकोसले जनाएको छ । संस्थाले पाँच हजार रुपैयाँ नगद र सम्मान पत्रद्धारा पत्रकार श्रेष्ठलाई सम्मान गरेको हो ।

Share this

प्रतिकृया

Add