होटेलमा बास बसेका जोडीद्धारा विष सेवन

 मङ्लबार, असार २६, २०८१ | onlinenews
Share this

रामेछाप- रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकाको सैपुमा एक होटलमा बास बसेका एक जोडीले विष सेवा गरेका छन् । होटलकै रुममा विष सेवन गरेका ती जोडी गम्भीर अवस्थामा फेला परेका थिए । ठेगाना नखुलेका ती जोडीले मङ्गवार बिहान २ः३० बजेको समयमा होलट व्यवसायीले उनीहरुलाई विष सेवन गरी ‘सख्खत’ अवस्थामा फेला पारेका थिए । स्वास्थ्य अवस्था गम्भीर रहेको उनीहरुलाई उद्दार गरी मन्थली ल्याइएको थियो ।

खिजीको चण्डेश्वर घर भएको बताएका उनीहरु सोमवार साँझ सैपुको ढाँडे होटलमा बास बसेका थिए । ती जोडीले राति मदिरा सेवन गरी विष सेवन गरेको अवस्थामा भेटिएको वडाध्यक्ष सन्तोष पौडेलले जानकारी दिए ।
सोमवार बिहानै होटेलमा आएर दिउँसो लुगा कपडा किन्ने भन्दै उनीहरु बजार गएका थिए । आफूहरु श्रीमान श्रीमती भएको बताउने उनीहरुले स्थानीय उमेश भेटेनरीबाट मकैमा किरा लागेकाले छर्किन भन्दै मेटासिट (विष) किनेको पाइएको लिखु तामाकोसी गाउँपालिका–२ अध्यक्ष पौडेलले जानकारी दिए ।

६/७ वटा बियर, रेडबुल सहितको मादक पदार्थ सेवन गरेको देखिएको बताउँदै राति महिला चिच्याएको आवाज आएपछि होटेलका धनीले पत्ता पाएको वडा अध्यक्ष पौडेलले बताए । विष सेवन गरी स्वास्थ्य अवस्था गम्भीर रहेको अवस्थाम उनीहरुलाई उपचारका लागि सदरमुकाम मन्थली ल्याइएको थियो । पुरुषको भने मृत्यु भएको छ । महिलालाई भने थप उपचारको लागि काठमाडौँ पठाइएको स्रोतले बताएको छ । उनीहरु श्रीमान श्रीमती हुन या होइनन् भन्ने खुल्न सकेको छैन ।

Share this

प्रतिकृया

Add