अपरिचित व्यक्ति घरमा प्रवेश गरी महिलामाथि कुटपिट

 मङ्लबार, असार २६, २०८१ | onlinenews
Share this

रामेछाप- रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–२ सैपुको दमाई टोलमा अपरिचित व्यक्ति घरमा प्रवेश गरी ४ महिनाकी सुत्केरी महिलामाथि कुटपिट गरेका छन् । मङ्गवार अपराह्न ४ बजेको समयमा साबिक सैपु गाविस वडा नम्बर ८ दमाई टोलका अरुण दमाइको घरमा अपरिचित व्यक्ति प्रवेश गरी अरुणकी चार महिनाकी सुत्केरी श्रीमती करिना सुनामलाई ऐनाले प्रहार गरी घाइते बनाएकोे सैपुका वडाध्यक्ष सन्तोष पौडेलले जानकारी दिए ।

वडाध्यक्ष पौडेलले भने– ‘‘साबिक सैपु गाविस वडा नम्बर ८ दमाई टोलमा अरुणको चार महिनाको सुत्केरी श्रीमती घरमा एक्लै रहेको बेला अपरिचित व्यक्ति घरमा प्रवेश गरी कुटपिट गरेछन् । ती व्यक्तिले तेरो श्रीमान् कता गयो भनेर सोधेपछि गरेको र थाहा छैन भन्ने जवाफ दिनु बित्तिकै एक्कासी ऐनाले टाउकोमा प्रहार गरेर भागेछन् ।’ ऐना प्रहारबाट महिलाको टाउकोमा चोट लागेको छ ।

आफू घरमा एक्लै बच्चा लिएर बसेको समयमा ती व्यक्तिले घर भित्रै एक्कासी सिसा प्रहार गरेको घाइते करिना सुनामले बताइन् । उनले भनिन् त्यो मान्छेले तेरो श्रीमान् कता गयो भनेर सोध्यो । मैले खै थाहा छैन भन्ने जवाफ दिए । त्यसपछि ऐना झिकेर झ्याम्म हानेर भाग्यो । यो कस्तो समय आयो आफ्नै घरमा पनि सुरक्षित नहुने भइयो ।

Share this

प्रतिकृया

Add