बोलेरो दुर्घटनामा एकको मृत्यु ९ घाइते

 मङ्लबार, असार २६, २०८१ | onlinenews
Share this

 

रामेछाप – रामेछापको मन्थली नगरपालिका–७ कल्लेरीमा बोलेरो दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । दुर्घटनमा परी मन्थली नगरपालिका–७ की माया बि.क.को मृत्यु भएको छ । घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको स्थानीय भिम नेपालीले जानकारी दिए । मङ्लवार (आज) साँझ भएको दुर्घटनामा घाइते भएकालाई उद्दार गरी उपचारका लागि सदरमुकामस्थित मन्थली अस्पताल ल्याइएको छ । घाइतेहरुलाई थप उपचारको लागि काठमाडौँ पठाउने तयारी भइरहेको पनि नेपालीले जानकारी दिए । दुर्घटनामा बोलेरो धनी समेत रहेका चालक बाबुराम तामाङसहित ९ जना घाइते भएका छन् । अन्य घाइतेहरुको वतन खुल्न बाँकी नै रहेको छ । मन्थलीबाट पिङ्खुरीतर्फ जाँदै गरेको प्रदेश ३–०१, ०२३ च ३९०९ नम्बरको बेलेरो दुर्घटनामा परेको थियो ।

Share this

प्रतिकृया

Add