बीपीको स्मृतिमा वृक्षारोपन

 आइतवार, साउन ६, २०८१ | onlinenews
Share this

 रामेछाप- नेपाली काँग्रेस रामेछापले प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव विश्वेश्वरप्रसाद कोइराला को ४२ औँ स्मृति दिवसको अवसरमा वृक्षारोपन गरेको छ । तामाकोशी सेवा समितिको परिसरमा मोरिङ्गा प्रजातिको १ सय ५० वटा विरुवा रोपिएको नेपाली काँग्रेस रामेछापका कार्यबाहक सभापति लेखबहादुर कार्कीले जानकारी दिए । रोपिएको विरुवाहरु हुर्काउने जिम्मेवारी तामाकोसी सेवा समितिले लिएको पनि उनले बताए ।

स्मृति दिवसको अवसरमा जिल्ला सदरमुकाम मन्थलीस्थित बिपीको शालिकमा माल्यार्पण पनि गरिएको कार्यवहाक सभापति कार्कीले बताए । नेपाली काँग्रेसका महासमिति सदस्य एवम् पूर्व जिल्ला उपसभापति ध्रुवहरी ढुङ्गेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका नेता, कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका विपी कोइरालाको वि.स. २०३९ साउन ६ गते निधन भएको थियो । उनको नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान रहेको छ । कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो ।


वि.स. २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा कोइराला पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । नेपाली काँग्रेसले हरेक वर्ष साउन ६ गते विपीको स्मृति दिवस मनाउँदै आएको छ ।

Share this

प्रतिकृया

Add