संविधान दिवसको अवसरमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता

 मङ्लबार, अशोज १, २०८१ | onlinenews
Share this

 

रामेछाप- संविधान दिवसको अवसरमा रामेछाप जिल्लामा मङ्गलवार मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरिएको छ । संविधान दिवस २०८१ को अवसरमा जिल्ला सदरमुकाम तथा स्थानीय तहमा विभिन्न कार्यक्रमहरु सञ्चलन भइरहेको छ ।
संविधान दिवस मूल समारोह समिति रामेछापले संविधान दिवसलाई भव्य, भव्य तथा हर्षोल्लासका साथ मनाउन विभिन्न कार्यक्रम तय गरेको छ । सोहीअनुसार सोमवार जिल्ला समन्वय समितिको प्राङ्गणमा रक्तदान कार्यक्रम भएको थियो भने आकाशेस्थित कभर्डहलमा मन्थली अस्पतालका महिला कर्मचारी र मन्थली माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत छात्राहरूबिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता भएको थियो ।

त्यसैगरी मङ्गलवार मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शान्तिदीप युवा क्लब मन्थली लगायतका खेलाडीहरुको सहभागिता रहेको थियो ।
जिल्लामा विद्यार्थीहरूको संविधान प्रतिको बुझाइमा स्पष्टता ल्याउन सबै स्थानीय तहहरूले विद्यालय स्तरमा अन्तरक्रिया, वक्तृत्वकला प्रतियोगिता गराउने, जिल्ला खेलकुद विकास समितिको नेतृत्वमा मैत्रीपूर्ण भलिबल र म्यूजिकल चियरसहित १६ वर्ष मुनीको फुटबल खेल आयोजना गरी मनाउने निर्णय अनुसार कार्यक्रमहरू सञ्चालन भइरहेको संविधान दिवस मूल समारोह समिति रामेछापले जनाएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ भव्यताका साथ मनाउन असोज २, ३ र ४ गते तीन दिनसम्म जिल्लाका सबै कार्यालय र आम नागरिकहरुको छत, बरन्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाउने र साँझ दीप प्रज्वलन गर्नेजस्ता कार्यक्रम सञ्चालन हुने जिल्ला समन्वय समिति रामेछापकी प्रमुख एवम् संविधान दिवस मूल समारोह समिति रामेछापकी संयोजक चिना खड्काले बताइन् ।

Share this

प्रतिकृया

Add

तपाईको प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *