मन्थली नगरपालिकाको नबुघाट क्षतिग्रस्त

 शुक्रबार, अशोज १८, २०८१ | onlinenews
Share this

रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिका–६ नबुघाट सुनकोसी नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको छ । खरबुजालगायतका फलफूल तथा धान बाली लगाएको सयौँ रोपनी खेत बगरमा परिणत भएको छ भने सिँचाइ आयोजना समेत पूर्णरुपमा क्षति भएको छ । बाढीले पोल बगाएपछि ५० घर परिवार बत्ती नहुँदा अन्धकारमा बस्न बाध्य छन् । गत १२ गते आएको बाढीले उक्त वस्तीमा जोडिएको बिजुलीको पोल बगाएपछि अहिलेसम्म बत्ती बलेको छैन । त्यस्तै ४ वटा माछा पोखरी बगाएको छ भने पानीको इनार समेत पूर्णरुपमा क्षति भएको छ । कोसीमा आएको बाढीबाट सदरमुकाम मन्थली आसपासमा पनि ठुलो क्षति पु¥याएकाले त्यस ठाउँमा स्थानीय सरकारलगायत सरोकारवालाहरूको समेत ध्यान पुग्न सकेको छैन ।

बिहिवार स्थलगत निरीक्षणका लागि नबुघाट पुगेका मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले मन्थली नगरपालिकाको सबैभन्दा ठुलो क्षति त्यस ठाउँमा भएको बताए । नगरप्रमुख श्रेष्ठले भने, ‘बाढीका कारण त्यहाँका स्थानीयको जनजीवन कष्टकर त बनेकै छ, बत्ती नहुँदा झनै गाह्रो भएको रहेछ ।’ केही बारीभन्दा बाहेक सबै खेतबारी बगर बनेको छ, बालीसहितको खेत बगाउँदा त्यहाँ ठुलो क्षति भएको छ ।

“नबुघाट वडाको कृषि पकेट क्षेत्र पनि हो, त्यहाँ मानिसहरू आफैँ आत्मनिर्भर बनिसकेका थिए, खरबुजालगायत फलफूल बालीबाट स्थानीयले राम्रो आम्दानी गर्दै आएका थिए, बाढीले बालीहितको खेत बगाएको छ, त्यो बाढीले पुर्याएकोे मन्थली नगरपालिकाकै ठुलो क्षति हो”, नगरप्रमुख श्रेष्ठले भने । कृषि पकेट कार्यव्रmमअन्तर्गत गत वर्ष नगरपालिकाले पनि ६ लाख रुपैयाँ लगानी गरेको थियो, नगरप्रमुख श्रेष्ठले भने ।

नदी वारपार गर्ने झोलुङ्गे पुलको दुई साइडको लट्ठा समेत बाढीले खोलिदिएका कारण मानिस हिँड्दा धेरै नै हल्लिन्छ । गाउँमा बत्ती नहुँदा मोबाइल चार्ज गर्न समेत पुल तरेर पारि गाउँ जानुपर्ने अवस्था रहेको स्थानीयले गुनासो गरेका छन् । त्यहाँ तत्कालको लागि बत्ती बालिदिन स्थानीयले माग गरेका छन् । शुक्रवार (आज) सम्ममा बत्ती बाल्न प्रयास गर्ने नगरप्रमुख श्रेष्ठको भनाइ छ । तत्कालै बत्ती बाल्ने विषयमा विद्युत् प्राधिकरणसँग कुरा भएको छ । उहाँले शुक्रवार (आज) सम्म बत्ती बाल्छौँ भन्नुभएको छ । मलाई विश्वास छ, सम्भवत (आज) शुक्रवारसम्ममा बत्ती बल्छ ।

Share this

प्रतिकृया

Add