पत्रकार अधिकारीले महासङ्घमा स्वतन्त्र उम्मेदवारी दिने
बुधबार, मंसिर २६, २०८१
रामेछाप- नेपाल प्रेस यूनियन रामेछापका निवर्तमान अध्यक्ष अप्रिल अधिकारी र यूनियनका केन्द्रीय पार्सद सन्तोष ढुङ्गेलले नेपाल प्रेस यूनियन त्यागेका छन् ।
पत्रकारद्धय अधिकारी र ढुङ्गेलले संयुक्त रुपमा हस्ताक्षर गरी यूनियनको साधारण सदस्य समेत नहने गरी राजीनामा पेश गरेका हुन् ।
आफूहरुले लामो समयदेखि नेपाल प्रेस यूनियनमा नेतृत्वदायि भूमिकामा रहेर सङ्गठनको लागि योगदान पु¥याएको तर पछिल्लो समय यूनियनका गतिविधि सांगठानिक रुपमा नभई व्यक्तिगत स्वार्थमा केन्द्रीत हुन थालेपछि आपूmहरुले राजीनामा दिएको उनीहरुले बताएका छन् ।
पत्रकार ढुङ्गेल नेपाल प्रेस यूनियनको हेटौँडामा सम्पन्न नवौँ केन्द्रीय महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बनि थोेरै मतले पराजित भएका थिए ।