रामेछाप- नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिमा रिक्त रहेका ४ सदस्य पदमा जिल्ला कार्य समितिले नयाँ सदस्य मनोनयन गरेको छ ।
१४ औँ महाधविशेनमा निर्वाचित विदेश गएकाले उनीहरुको स्थानमा नयाँ सदस्य मनोनयन गरिएको हो । जिल्ला सभापति तथा उर्जा, जलश्रोत, सिँचाइ राज्य मन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को अध्यक्षतामा शनिवार मन्थलीमा बसेको कार्यसमितिको २५ औँ बैठकले उक्त मनोनयर गरेको पार्टीका प्रवक्ता कुमार श्रेष्ठले जानकारी दिए ।
जिल्ला कार्यसमितिमा मनोनित हुनेमा दोरम्बा शैलुङ गाउँपालिका–७ कि साङमाला तामाङ, सुनापति गाउँपालिका–३ कि लालकुमारी थिङ, लिखु तामाकोसी गाउँपालिका–४ कि निमा तामाङ र मन्थली नगरपालिका–३ कि तारादेवी खत्री रहेका छन् ।
यसैगरी काङ्ग्रेसका विभिन्न विभागीय समितिमा सदस्य मनोनयका लागि रामेछापका झनकबहादुर श्रेष्ठ (भिरपानी), ध्रुवराज लामा (मझुवा) विनोद कार्की (बाम्ती), केदार कार्की (बेताली), सुजन काफ्ले (सालु), गजेन्द्रवहादुर कार्की (कुभु) शिव श्रेष्ठ (ठोसे), पेम्बा शेर्पा (गुम्देल) र निरबहादुर थापामगर (टोकरपुर) लाई जिल्ला कार्य समितिले सिफारिस गरिएको श्रेष्ठले जनकारी दिएका छन् ।