Logo

सेतीदेवी मावि सालुमा शैक्षिक सामग्री वितरण



रामेछाप- बरिष्ट मृर्गौला रोग विशेषज्ञ डाक्टर ऋषिकुमार काफ्लेको परिवारले स्थापना गरेको मालश्री काफ्ले मेमोरियल ट्रसले मन्थली नगरपालिका–४ को सेतिदेवी मावि सालुमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री तथा नगद पुरस्कार प्रदान गरेको छ ।

मालश्री काफ्ले मेमोरियल ट्रसले सेतिदेवि माविको कक्षा १२ मा अध्ययनरत १२ जना विद्यार्थीहरुलाई नगद १० हजारको दरले पुरस्कार र शैक्षिक सामग्री वितरण गरेको हो । त्यसैगरी गत बर्षको एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने २ जना विद्यार्थीलाई समेत नगद पुरस्कार र मेडल प्रदान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ट मृर्गौला रोग विशेषज्ञ डाक्टर ऋषिकुमार काफ्ले, उनकी धर्मपत्नी एलिना काफ्ले, मन्थली नगरपालिका–४ का वडाध्यक्ष राजनप्रसाद घिमिरे, व्यवस्थापन समितिका सदस्य प्रकाश खड्का र प्रअ गगनकुमार श्रेष्ठले विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई ट्रसले गरेको सहयोगको चर्चा गरेका थिए ।
डा. काफ्लेको जन्मथलो समेत रहेको सालुमा ट्रसले केही बर्षदेखि शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्