लक्षित वर्गको विकासमा विशेष जोड दिनेछु:विक

 मङ्लबार, बैशाख २६, २०७४ | onlinenews
Share this

२६ वैशाख २०७४, रामेछाप–  अहिलेसम्मको विकासको फाइदा टाठाबाठा र पहुँचवालाहरुले मात्र लिएको भन्दै लक्षित वर्गमुखी विकासका लागि आपूले उम्मेदवारी दिएको दलित महिला उम्मेदवार बालकुमारी वि.क.ले बताउनुभयो ।
वि.क.ले वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा माओवादी केन्द्रको तर्फबाट मन्थली नगरपालिका वडा नं. १ मा उम्मेदवारी दर्ता गराउनु भएको हो ।
मन्थलीस्थित आकाशको दलित बस्तीमा आयोजीत चुनावी प्रचारप्रसार कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । वि.क ले दलित महिला दलित भएकै कारण जातीय र महिला भएकै कारण लैंङ्गिक विभेद गरि दुई खाले सामाजिक विभेदबाट उत्पीडनमा परेकाले यसको अन्त्यको लागि आफूले उम्मेदवारी दिएको पनि उहाँको भनाई छ ।
आपूm निर्वार्चित भएपछि मन्थली–१ को लागि तयार पारेको चुनावी घोषणा पत्र अनुसार सबै बस्तिमा समानुपातिक ढंगले विकास गर्ने पनि उहाँले प्रतिवद्धता जनाउनु भयो ।
यसअघि स्थानीय निकायमा व्यवस्था भएको लक्षित वर्ग बजेट अन्तर्गतको कार्यक्रम प्रभावकारी नदेखिएकाले अबको स्थानीय तहको विकासमा लक्षित वर्गलाई केन्द्रविन्दु बनाउने समेत उहाँले घोषणा गर्नुभएको छ ।
उम्मेदवारी दिने तयारी गर्दा कम उमेर, राजनैतिक नगरेको व्यक्ति र विहे नगरेकाले उम्मेदवारी दिन नपाउने भन्दै आफन्तहरुबाटै भ्रम सिर्जना गर्ने काम भएको भन्दै दुखेसो ब्यक्त गर्नुभयो ।
पछि निर्वाचन आयोगको कार्यविधि आफैंले पढ्दा हरेक हिसाबले योग्य देखिएकाले ढुक्क भएर उम्मेदवारी दर्ता गराएँ उहाँले भन्नुभयो ।
आफूसँग राजनैतिक अनुभव कमै भए पनि ग्रामिण विकासको विद्यार्थी र यस अघि गाउँघरमा भएका विकासका गतिविधिमा सघाउने गरेकाले विकासको कार्यमा समस्या नहुने उहाँले वताउनुभयो ।
ठूलै संघर्ष गरेर उम्मेदवारी दर्ता गराएकी वि.कले अरु दलित महिलाको तुलानामा सक्षम देखिएकाले आफ्नो जित सुनिश्चित रहेको विश्वास व्यक्त गर्नुभयो ।

Share this

प्रतिकृया

Add