Logo

जेनजी प्रदर्शनमा देउवा दम्पतीमाथि कुटपिट, तोडफोड र आगजनी जारी



काठमाडौँ- देशभर तीव्र बन्दै गएको जेनजी आन्दोलनले राजधानीलाईसमेत अशान्त बनाएको छ । आइतवार राजधानीका विभिन्न स्थानमा उत्रिएका प्रदर्शनकारीहरूले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी सांसद आरजु राणा देउवालाईसमेत कुटपिट गरी घाइते बनाएका छन् ।

प्रदर्शन हिंसात्मक बन्दै गएपछि सिंहदरबार, संसद् भवनलगायतका संवेदनशील क्षेत्रबाहिर ठूलो सङ्ख्यामा प्रदर्शनकारीको भिड देखिएको छ । उनीहरूले शीर्ष नेताहरूको घरलाईसमेत निशाना बनाएर तोडफोड र आगजनी गरेका छन् । देउवा दम्पतीमाथि भएको आक्रमणलाई देशकै प्रमुख राजनीतिक नेतृत्वमाथिको प्रत्यक्ष आक्रमणका रूपमा हेरिएको छ ।

त्यस्तै, पार्टी कार्यालयहरू, विभिन्न सरकारी निकायका भवनहरू र प्रहरी प्रभागहरूमा निरन्तर आक्रमण, तोडफोड र आगजनी भइरहेको प्रहरी स्रोतले जनाएको छ । सुरक्षाकर्मीले प्रदर्शन नियन्त्रणमा लिन प्रयास गरेपनि भीड अत्यन्त उग्र बनेपछि अवस्था नियन्त्रणभन्दा बाहिर गएको जनाइएको छ । विशेषज्ञहरूले लामो समयदेखि सङ्कलित असन्तोष र राजनीतिक नेतृत्वप्रति बढ्दो अविश्वासले गर्दा जेनजी पुस्ता सडकमा उत्रिएको टिप्पणी गरेका छन् । आन्दोलन अझै कता मोडिने भन्ने अनिश्चित भएपनि यसले राजनीतिक स्थायित्वमा गम्भीर प्रश्न खडा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्