Logo

खाँडादेवी गाउँपालिका आठौँ राष्ट्रपति रनिङ शिल्डको उपाधी प्रसुन कँडेल माविले जित्यो



रामेछाप । खाँडादेवी गाउँपालिका स्तरीय आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधी श्री भिमेश्वर प्रसुन कँडेल माध्यमिक विद्यालय, रजागाउँले जितेको छ । १० स्वर्ण, ६ रजत र ६ कास्यसहित कुल २२ पदकसहित प्रप्त गर्दै श्री भिमेश्वर प्रसुन कँडेल माध्यमिक विद्यालयले उपाधि जितेको हो । त्यस्तै, श्री प्रयागेश्वर माध्यमिक विद्यालय, पकरवासले ८ स्वर्ण, ६ रजत र ६ कास्यसहित कुल २० पदक प्राप्त गर्दै दोस्रो स्थानमा भएको छ ।

तेस्रो स्थानमा श्री भारती माध्यमिक विद्यालय, भदौरे रहँदै ३ स्वर्ण, ३ रजत र ४ कास्य गरी १० पदक जित्न सफल भयो । चौथो स्थानमा श्री बुद्ध भवानी माध्यमिक विद्यालय, माकादुम ले २ स्वर्ण, ३ रजत र ३ कास्यसहित ८ पदक प्राप्त गरेको छ ।

त्यसैगरी, श्री खाँडादेवी माध्यमिक विद्यालय, चोप्राङ ले २ स्वर्ण, २ रजत र १ कास्यसहित ५ पदक जित्दा श्री विष्णु जनज्योती माध्यमिक विद्यालय, आँगेटार ले १ स्वर्ण, ४ रजत र ६ कास्य गरी कुल ११ पदक हासिल गरेको छ । श्री कृष्ण माध्यमिक विद्यालय, टिमु ले १ स्वर्ण, ३ रजत र ३ कास्यसहित ७ पदक प्राप्त गरेको छ ।


यस्तै, श्री प्रगतिशील माध्यमिक विद्यालय, भिरपानीले १ स्वर्ण, २ रजत र ३ कास्य गरी ६ पदक, श्री ज्योती माध्यमिक विद्यालय, गाल्पाले १ स्वर्ण, १ रजत र २ कास्य, तथा श्री माध्यमिक विद्यालय, राकाथुम ले १ स्वर्ण, १ रजत र १ कास्य पदक हात पारेका छन् । श्री मानेडाँडा माध्यमिक विद्यालय, पिङ्खसी र श्री खाँडादेवी माध्यमिक विद्यालय, मझुवाले पनि प्रतियोगितामा सहभागिता जनाएका थिए ।

प्रतियोगिता समग्रमा ३० स्वर्ण, ३० रजत र ३४ कास्य गरी कुल ९४ पदक वितरण गरिएको आयोजकले जनाएको छ । गाउँपालिकाले राष्ट्रपति रनिङ शिल्डले विद्यालयस्तरमा खेलकुद विकास, अनुशासन र प्रतिभा पहिचानमा महत्वपूर्ण भूमिका खेलेको बताएको छ ।

खाँडादेवी गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा गाउँपालिकाभरका माध्यमिक विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्