Logo

रामेछापमा १७ उम्मेदवारको गरे मनोनयन दर्ता



निरजकुमार श्रेष्ठ


रामेछाप – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रामेछाप जिल्लामा राजनीतिक दल र स्वतन्त्र गरी १७ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा नेपाली काङ्ग्रेसबाट रामचन्द्र खड्का, नेकपा एमालेबाट माधवप्रसाद ढुङ्गेल, नेपाली कम्युनिष्ट पार्टीबाट श्यामकुमार श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. कृष्णहरि बुढाथोकीले मनोनय दर्ता गराएका छन् ।

यसैगरी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट केसरी श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गोरे तामाङ, राष्ट्रिय जनमोर्चाबाट अर्जुनबहादुर थापा मगर, श्रम संस्कृति पार्टीबाट ढालबहादुर खपाङी मगर, नेशनल रिपब्लिक पार्टीबाट यमबहादुर मोक्तान, उज्यालो नेपाल पार्टीबाट दिपकबहादुर योञ्जन, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बिरेन्द्र श्रेष्ठ तथा आम जनता पार्टीबाट पदमबहादुर तामाङ उम्मेदवारी दर्ता गराएका हुन् । मंगोल नेशनल अर्गनाइजेसनबाट बिनोद घिसिङ र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट यमुनबहादुर बस्नेतले पनि मनोनयन दर्ता गराएका छन् ।

त्यसैगरी स्वतन्त्र उम्मेदवारका रूपमा अरुण कार्की, सन्तोष घिमिरे र बाबुकाजी खड्काले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ताअघि विभिन्न राजनीतिक दल तथा उम्मेदवारहरूले बाजागाजासहित बजार परिक्रमा गरेका थिए । मनोनयन प्रक्रिया सम्पन्न भएसँगै रामेछापमा चुनावी गतिविधि तीव्र बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्