Logo

विद्युत् सर्ट भएर घरमा आगलागी, घर पूर्ण रूपमा नष्ट



रामेछाप– रामेछापको मन्थली नगरपालिका–२ कठजोर खोलामा विद्युत् लाइन सर्ट भएर आगलागी हुँदा दुईतले घर पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
बिहिवार साँझ करिब ७ः३० बजे एकबहादुर भुजेलको ढुङ्गा र सिमेन्टले बनेको टायलको छानो भएको दुईतले कच्ची घरमा अचानक विद्युत् लाइन सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घरभित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन, गरगहना, फर्निचरलगायतका सम्पूर्ण सामान जलेर नष्ट भएका छन् ।

आगलागीको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । स्थानीयवासी, प्रहरी र दमकलको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रामेछाप सूचना अधिकारी प्रहरी निरीक्षक कमल राउतले जानकारी दिए ।

आगलागी देखेपछि घरधनी ५३ वर्षीया उर्मिला भुजेल र उनीकी बुहारी मञ्जु भुजेल अचानक बेहोस भएपछि उनीहरुलाई प्रहरीको गाडीमा राखेर उपचारका लागि मन्थली ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्