कृषि विकास कार्यालयको खर्च जम्मा २० प्रतिशत
आइतवार, जेष्ठ ६, २०८१
१७ कार्तिक २०७४ रामेछाप
संघीय समाजवादी फोरम नेपालका रामेछाप जिल्लाको प्रदेशसभा ‘ख’ का उम्मेदवार रामबहादुर तामाङ एक्कासी बेहोस भएका छन् । चुनाव प्रचारप्रसारको क्रममा सदरमुकाम मन्थली आइपुगेका तामाङ शुक्रबार करिब साँढे तीन बजेको समयमा एक्कासी बेहोर भएर ढलेका थिए ।
बेहोस भएका तामाङलाई रामेछाप सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि हेलीकप्टरमार्फट काठमाडौं पठाइएको छ । तामाङलाई शरीरमा समान्य एलर्जी भएको र एलर्जीको औषधी सेवन गरेपछि उनी एक्कासी बेहोस भएको संघीय समाजवादी फोर नेपाल प्रतिनिधिसभा रामेछापका उम्मेदवार अमृतबहादुर सुनुवारले जानकारी दिए ।