सुनापति गाउँपालिका अन्तर्गतका वडा कार्यालयहरुको अनुगमन काम देखिने गरि गर्न गाउँपालिका प्रमुखको निर्देशन

 शुक्रबार, पुस ७, २०७४ | onlinenews
Share this

रामेछाप । रामेछाप जिल्लाको सुनापति गाउँपालिका अन्तर्गतका वडा कार्यालयहरुको अनुगमन गरिएको छ ।
वडा कार्यालयहरुबाट प्रवाह हुने सेवा सुविधाहरुको प्रभावकारीता बारे बुझ्न अनुगमन गरिएको सुनापति गाउँपालिकाका प्रवक्ता प्रेमसागर थापाले जानकारी दिए ।
गाउँपालिकाले अनुगमन टोली बनाएर गुन्सी, बेथान, खनियापानी र हिलेदेवि वडाको अनुगमन गरेको हो ।
गाउँपालिका अध्यक्ष धावा लामाको नेतृत्वमा गरिएको अनुगमनले वडा कार्यालयहरुको कर्मचारीको अवस्था साथै वडा कार्यालयले प्रवाह गर्ने सेवासुविधा लगायत विकास निर्माणको कामको समेत अनुगमन गरेको हो ।
अनुगमनको क्रममा गाउँपालिका अध्यक्ष धाला लामाले विकास निर्माणको काम अन्तर्गत सडक, विद्युत, खानेपानी, स्वास्थ्य, शिक्षा लगायका कामको परिणाम देखिने गरि काम गर्न वडा अध्यक्षहरुलाई निर्देशन दिएका छन् ।
त्यसैगरी वडा कार्यालयबाट प्रवाह गरिने सेवा सुविधाहरु सहज रुपमा जनता समक्ष पुग्ने गरि काम गर्न पनि वडा कार्यालयहरुलाई निर्देशन दिएका छन् ।
अनुगमन टोलीका अन्य सदस्यहरुमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेल र गाउँपालिकाका प्रवक्ता पे्रमसागर थापा लगायत रहेका थिए ।

Share this

प्रतिकृया

Add