चन्द्र भण्डारीले दिए शेरबहादुरलाई नोकिया मालिकको संज्ञा

 बुधबार, माघ ३, २०७४ | onlinenews
Share this

सन्तोष ढुङ्गेल/ भ्याली संवाददाता


नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नोकिया मालिकको संज्ञा दिएका छन् ।
पहिला शेरबहादुर देउवाले चर्चा कमाए पनि अहिले आएर देउवा थलिएको नेता भण्डारीले बताए । उनले भने–अहिले सभापति देउवा नोकियाको मालिक जस्तो बनेका छन् पहिला चले पनि अहिले पार्टी र सरकार चलाउन असफल भए ।
जसरी नोकियाको मालिक आज पुर्पूरोमा हाल लगाएर बसेका छन्, पार्टी सभापति देउवाको हालत पनि त्यस्तै भएको छ नेता भण्डारीले भने ।
निर्वाचनपछिको सन्दर्भमा नेपाल विद्यार्थी संघको भूमिका विषयक ३ नम्बर प्रदश स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागि विद्यार्थी नेताहरुलाई प्रशिक्षण दिने क्रममा उनले यस्तो बताएका हुन् ।
देउवा एकलौटी ढंगले चल्न खोजेको कारण आज यस्तो दिन आएको प्रशिक्षण कार्यक्रमका विशिष्ट अतिथि समेत रहेका नेता भण्डारीको तर्क छ ।
प्रशिक्षण कार्यक्रममा ३ नम्बर प्रदेश अन्तर्गत १३ जिल्लाका क्याम्पस, क्षेत्र र विश्व विद्यालयबाट ३ सय विद्यार्थी नेता तथा कार्यकर्ता सहभागि रहेको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य रत्नहरी ढुङ्गेलले जानकारी दिए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी प्रमुख अतिथि रहेको कार्यक्रमका अन्य अतिथिहरुमा नेपाल विद्यार्थी संघका महामन्त्री कुन्द्रराज काफ्ले, उपाध्यक्ष डिल्लीराम सुवेदी, रामप्रसाद अधिकारी सह–महामन्त्री मादव ढकाल, नेपाली काँग्रेस महासमिति सदस्य तथा विद्यार्थी नेतृ निमा गिरि, नेविसंघका केन्द्र सदस्यहरु रत्नहरी ढुंङ्गेल,जानुका पन्त, शुशिल भट्ट, शैलेन्द्र शर्मा गौडेल लगायका रहेका छन् ।

Share this

प्रतिकृया

Add