स्थानीय तहले आपूmखुसी शिक्षा ऐन बनाएको UANTO द्धारा विरोध, तत्काल संघीय शिक्षा ऐन जारी गर्न माग

 बुधबार, फाल्गुन ९, २०७४ | onlinenews
Share this

काठमाडौं । स्थानीय तहले आपूmखुरी शिक्षा ऐन बनाएको भन्दै एकीकृत अखिल नेपाल शिक्षक संगठन (UANTO) ले विरोध गरेको छ ।
संगठनले तत्काल संघीय शिक्षा ऐन जारी गर्न पनि सरकारसँग माग गरेको छ । पाँचौ राष्ट्रिय सम्मेलनको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमासं गठनले पहिले संघीय शिक्षा ऐन बन्नुपर्ने, त्यसैको आधारमा प्रदेश शिक्षा ऐन र प्रदेश शिक्षा ऐनको आधारमा स्थानीयतहले शिक्षा ऐन बनाउनुपर्ने बताएको हो ।
संघीय र प्रदेश ऐन नबन्दै स्थानीयतहले शिक्षा ऐन बनाउनु गैरसंवैधानिक भएको संगठनको ठहर छ । संगठनले शिक्षक कर्मचारीका सम्पूर्ण पेशागत मागहरु पुरा गर्नुपर्ने, शिक्षामा कुल बजेटको २० प्रतिशत विनियोजन सुनिश्चित गर्नुपर्ने, प्राविधिक तथा व्यवसायिक शिक्षामा लगानी बढाउनु पर्नेलगायतका माग अघि सारेको छ ।
पाँचौं राष्ट्रिय सम्मेलनले शिक्षामा भइरहेको विकृति र विसंगतिको भण्डाफोर गर्ने, शिक्षामा भइरहेको निर्मम वैदेशिक हस्तक्षेपको प्रतिरोध गर्ने र संगठनले छिट्टै समाजवादी शिक्षाको खाका तयार गर्ने निर्णय गरेको छ ।
संगठनका अध्यक्ष शंकर अधिकारीले तत्काल अन्तरीम शिक्षा ऐन जारी गर्नुपर्ने बताए । अधिकारीले शिक्षा ऐनको आठौं र नवौं संशोधन खारेज गर्दै नयाँ संघीय शिक्षा ऐन जारी गर्न माग गरे ।
अधिकारीले आफूहरु शैक्षिक प्रणाली र नीतिहरुमा परिमार्जन र परिवर्तन गरी गुणात्मक शिक्षाको पक्षमा संघर्षरत रहेको बताए ।
अधिकारीले शिक्षककर्मचारीहरुले निजामतिको तुलनामा अवसर र सुविधा निकै कम पाएको भन्दै त्यसलाई समान बनाउन संघर्ष गर्ने बताए ।
उनले संगठनले मुख्य गरेर समाजवादी शिक्षा नीति लागु गर्ने दिशामा नै आफ्नो कार्ययोजना केन्द्रीत गर्ने स्पष्ट पारे ।
संगठनका महासचिव निमबहादुर केसीले संगठनले शिक्षा क्षेत्रमा देखिएका विकृति र विसंगतिहरुलाई निराकरण गर्नको लािग विशेष रुपान्तरण अभियान नै चलाउने निर्णय गरेको जानकारी दिए ।
उनका अनुसार पाँचौं राष्ट्रिय सम्मेलनले वामपन्थी शिक्षकहरुबीच एकता अभियान चलाउने, समाजवादी शिक्षा नीतिको कार्यदिशा शैक्षिक विकास अभियान, रुपान्तरण, अन्तराष्ट्रिय सम्वन्ध, उत्पादन र सहकारी, पेशागत समस्याको हल र संघर्ष तथा विज्ञान प्रविधिमैत्रि शिक्षक र शिक्षण सम्वन्धी विभिन्न अभियान सञ्चालन गर्ने कार्ययोजना निर्माण गरेको जानकारी दिए ।
फागुन ४ देखि ६ गतेसम्म राजधानीमा चलेको सम्मेलनले शंकर अधिकारीको नेतृत्वमा ९३ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ भने थप ३५ जना मनोनित गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । शिक्षक संगठनले नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको पार्टी एकताको निर्णयलाई पनि स्वागत गरेको छ ।

Share this

प्रतिकृया

Add