गौश्वारामा डकर्मी तालिम

 बुधबार, फाल्गुन ९, २०७४ | onlinenews
Share this

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिका–४ गौश्वारामा एक हप्ते डकर्मी तालिम सञ्चालन गरिएको छ ।
पुनःनिर्माण कार्यक्रम अन्तर्गत भूकम्प प्रतिरोधी घर निर्माणको लागि जिल्लामा तालिम प्राप्त दक्ष कामदारको अभाव भइरहेको बेला दोरम्बा गाउँपालिका–४ का वडा अध्यक्ष चन्द्रबहादुर मगर ‘टलक’ को पहलमा डकर्मी तालिम सञ्चालन गरिएको हो ।
यही फागुन ६ गतेदेखि सञ्चालन गरिएको तालिममा वडाका ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको वडा अध्यक्ष मगरले बताए । पुनःनिर्माणमा सहयोग पु¥याउने उद्देश्यले डकर्मी तालिम सञ्चालन गरिएको पनि अध्यक्ष मगरले बताए ।
दक्ष कामदारको अभावमा पुनःनिर्माणको कामले गति लिन नसेको भन्दै यो तालिमले पुनःनिर्माणमा सहयोग पुग्ने वडा अध्यक्ष मगरको भनाई छ ।

Share this

प्रतिकृया

Add