लिखु चार जलविद्युत परियोजना निर्माण कम्पनी भागेपछि स्थानीयले बाटैमा छेके

 शनिबार, फाल्गुन २६, २०७४ | onlinenews
Share this

गम्भीर वि.क.

रामेछाप । रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका–१ सैपुको सिरिसेमा निर्माणाधिन लिखु चार जलविद्युत परियोजना निर्माणको जिम्मेवारी लिएको कम्पनी रातारात भागेपछि स्थानीय निर्माण ब्यवसायीले बाटैमा रोकेका छन् ।
ग्रिनभेञ्चर कम्पनी अन्तर्गत लिखु ४ जलविद्युत परियोजनाको काम गरिरहेको सीएमसी नामक इटालीयन निर्माण कम्पनी जलविद्युत परियोजना निर्माणमा प्रयोग भइरहेका मेशिन तथा औजारहरु लिएर बिहीबार रातारात भागेपछि स्थानीय निर्माण ब्यवसायीले लिखु तामाकोशी गाउँपालिकाको तिल्पुङ्गमा रोकेर राखेका छन् ।
सीएमसी नामक निर्माण कम्पनीले लिुख चार जलविद्युत परियोजना निर्माणको लागि आवश्यक पर्ने मेशिन तथा ढुवानीका साधन सप्लाइको लागि स्थानीय रुपा निर्माण सेवासँग १ वर्षे सम्झौता गरेका थिए । तर, सम्झौता भएको ३ महिनामै सम्झौता एकलौटी रद्ध गरि सीएमसी फरार भएको हो ।
सम्झौता रद्ध गर्नु परेमा १ महिना अघि नै जानकारी गराउँनु पर्ने दुई पक्षीय सम्झौता भए पनि सीएमसी निर्माण कम्पनीले विना जानकारी एक्कासी सम्झौता रद्ध गरि स्थानीयले निर्माण ब्यवसायिले पाउँनुपर्ने भुक्तानी समेत नदिई भागेकाले बीचबाटैमा रोक्नु परेको निर्माण ब्यवसायी गोरेबहादुर तामाङले बताए ।
तामाङले भने–‘विना जानकारी एक्कासी सम्झौता रद्ध गरिएको पत्र आयो र तत्काल आफ्नो मेशिनहरु हटाउनु भन्यो ।’ ‘हामीले सम्झौता अनुसार काम नगरेको भए कम्तीमा ६ महिना समय दिएर सम्झौता रद्ध गरेको भए हाम्रो भन्नु केही थिएन तर जानकारी समेत नदिई सम्झतौता रद्ध गरियो’ तामाङले गुनासो समेत गरे ।
लिखु चार जलविद्युत परियोजना निर्माण नगर्ने नियतले ग्रिनभेञ्चरले यस्तो हर्कत गरेको तामाङको आरोप छ ।
सो परियोजनाबाट रुपा निर्णमा सेवाको करिब ८० लाख रुपैयाँ भुक्तनी दिन बाँकी छ । स्थानीय अन्य निर्माण ब्यवसायीले पनि सो परियोजनामा काम गरेका छन् ।
आपूmहरुको भुक्तानी नदिएसम्म नियन्त्रणमा लिएको मेशिन तथा औजारहरु नछोड्ने अर्का निर्माण ब्यवसायी उत्तरबहादुर भण्डारीले बताए ।
प्रहरी लगाएर जबर्जस्ती आफ्ना मेशिनहरु परियोजना स्थलबाट हटाइएको निर्माण ब्यवसायी कमला थापाले बताइन । आपूmहरुले पाउँनुपर्ने करिब ८० लाख भुक्तानीमा ३० लाख रुपैयाँ घटाए दिने र त्यो सर्त नमानेमा जे पनि गर्न सक्ने भनि सिएमसीले आपूmहरुलाई धम्की समेत दिएको उनले बताइन ।
निर्माण ब्यवसायीको मात्र हैन सीएमसीले परियोजनाको कामदारलाई समेत भुक्तानी नदिएको कामदारको गुनासो छ । काम गरेको तीन महिनासम्म पनि आपूmहरुको पारिश्रमिक नदिएको कामदार पूर्णबहादुर तामाङले बताए । उनले भने पैसा माग्दा एकहप्ता दुई हप्ता भन्छ त्यसो भन्दाभन्दै ३ महिना वितिसक्दा पनि काम गरेको पारिश्रमिक नै कम्पनी भाग्यो ।
लिखु चार जलविद्युत परियोजना यस अघि नै सम्पन्न भइसक्नु पर्ने भए पनि ग्रिनभेञ्चरले पटक–पटक काम रोकेको कारण परियोजनाले पूर्ण पाउँन सकेको छैन । सुरु भएको १० वर्षभन्दा बढि समय वितिसक्दा पनि पूर्णता पाउँन नसकेको जलविद्युत परियोजनाले निर्माण ब्यवसायीसँगको सम्झौता रद्ध गरेपछि पुनः अन्योलमा परेको छ ।

Share this

प्रतिकृया

Add