रामेछापमा उमाकुण्ड कृषि महोत्सव हुने

 मङ्लबार, मंसिर ४, २०७५ | onlinenews
Share this

रामेछापः जिल्लाको उमाकुण्ड गाउँपालिकामा यही मंसिर १६ गतेदेखि २१ गतेसम्म “उमाकुण्ड कृषि महोत्सव २०७५” हुने भएको छ ।
राजेश पशुपालन विकास फार्म भुजी र अन्जना कृषि फार्म काडमाडौंको अगुवाई र गाउँपालिका, तथा स्थानीय संघसंस्थाहरुको सहकार्यमा कृषि महोत्सव आयोजना गर्न लागिएको हो ।
उमाकुण्ड गाउँपालिकालाई समृद्ध बनाउन स्थानीय कृषिको प्रवद्र्धन गर्ने उद्देश्यले “उमाकुण्ड कृषि महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाले बताएको छ ।
उमाकुण्ड कृषि महोत्सवको प्रमुख अतिथिको रुपमा कृष तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल आउने पनि आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
कृषि महोत्सव मुल समारोह समितिका संयोजक राजेश बराइलीले महोत्सवलाई सफल पार्न सहयोग गरिदिन जिल्लाका राजनीतिक दल, २ नगरपालिका, ६ गाउँपालिका साथै नगरपालिका तथा गाउँपालिका अन्तर्गतका वडाहरुलाई आग्रह गरेका छन् ।
नेपाल सरकारको कृषि र पर्यटन मार्फत देशलार्ई सम्बृद्ध बनाउने कार्यक्रमलाई सहयोग पु¥याउने उद्देश्यले गाउँपालिकाको कृषि उत्पादन, कृषिको वैज्ञानिक रुपमा व्यवसायिककरण, स्थानीय जडीबुट्टीको समूचीत ब्यवस्थापन र बजार प्रवद्र्धनको लक्ष्य सहित कृषि महोत्सवको आयोजना गर्न लागिएको पनि उनले बताए ।
साथै स्थानीय संस्कृतिको जगेर्ना गर्नु पनि कार्यक्रमको उद्देश्य रहेको बराइलीले बताए । महोत्सबलाई सफल बनाउन राष्ट्रिय स्तरका चर्चित कलाकारको प्रस्तुति रहने साथै मनोरञ्जनात्माक खेलको प्रदर्शन समेत गरिने छ । उमाकुण्ड कृषि महोत्सव सम्पन्न गर्न २५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ ।

Share this

प्रतिकृया

Add