परियोजना अन्तर्गतका कार्यक्रमको अनुगमन, तथा हस्तान्तरण

 शुक्रबार, मंसिर १४, २०७५ | onlinenews
Share this

तिलक कार्की


रामेछाप: रामेछाप जिल्लाको खाँडादेवी र सुनापती गाउँपालिकामा पिएसएफ लक्जेवर्ग, टिडिएच जर्मनीको सहयोगमा सामुदायिक विकास समाज सहजीकरणमा सञ्चालीत महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाई परियोजना अन्तर्गतका कार्यक्रमको संयुक्त अनुगमन गरिएको छ ।
सञ्चालीत कार्यक्रमको बारेमा दातृ निकाय र गाउँपालिकाले मंसिर ३ गतेदेखि ६ गतेसम्म संयुक्त रुपमा अनुगमन गरेको हो । परियोजनाका कार्यक्षेत्र अनुगमन गर्नुका साथै बनेका पूर्वाधारको उद्घाटन तथा हस्तान्तरण गरिएको थियो ।
खाँडादेवी गाउँपालिका–७ मा निर्माण गरिएको मालगेडी खानेपानी आयोजना, सुनापती गाउँपालिका–२ दिमीपोखरीमा निर्माण भएको खोट्मा खोला खानेपानी आयोजना, मानपुरमा निर्माण भएको सामुदायिक स्वास्थ्य इकाई भवन, कृष्णवर्णेश्वर माविमा निर्माण भएको शौचालय उद्घाटन तथा समुदायलाई हस्तान्तरण गरिएको छ ।
त्यसैगरी सुनापति गाउँपालिका–५ खनियापानीमा निर्माण भएको गारखोला खानेपानी आयोजना, रानीभलायो खानेपानी आयोजना तथा जोरधारा सिँचाई आयोजनाको उद्घाटन तथा हस्तान्तरण गरिएको छ ।
त्यस्तै सुनापति गाउँपालिका र वडाबाट निर्माणाधिन लाम्पाते लिफ्ट खानेपानी आयोजना, कपेश्वरी लोफ्रा खानेपानी आयोजना खनियापानीको स्थलगत अनुगमन गरिएको थियो ।
स्वास्थ्य चौकी राकाथुमको अनुगमन पश्चात स्वास्थ्य व्यवस्थापन समितिसँग अन्तरक्रिया समेत गरिएको छ । स्वास्थ्य सेवालाई गुणस्तरीय, प्रभावकारी, विकेन्द्रिकरण र सेवाग्राहीमैत्री बनाउने विषयमा छलफल पनि भएको थियो ।
जन्मभूमी महिला वचत तथा ऋण सहकारी संस्थासँग छलफल गरिएको थियो । खनियापानीमा गठित सुनापती बाल क्लब सञ्जाल, महिला बचत तथा ऋण सहकारी संस्था, दीप ज्योती युवा सञ्जालसँग छलफल तथा अन्तरक्रिया गरिएको छ । सोही क्रममा खनियापानीको भीरकोटमा सामुदायिक स्वास्थ्य इकाइको उद्घाटन समेत गरिएको थियो ।
अनुगमनको क्रममा सुनापती गाउँपालिकाका अध्यक्ष धावा लामाले निर्माण भएको संरचनाको मर्मत संभार, उपयोग साथै अपनत्व लिनुको अलवा निर्माणाधिन संरचना तथा कार्यक्रममा आफ्नो महत्वपूर्ण जिम्मेवारी लिने बताएका छन् ।
दातृ निकाय पिएसएफ लक्जेवर्गका कार्यसमिति तथा स्वयंसेवक मार्कले निर्माण भएका आयोजना दीगो हुनेमा विश्वास गर्दै भावि दिनमा निरन्तर सहयोग र समर्थन गर्ने प्रतिवद्धता जनाएका छन् । टिडिएच जर्मनीकी देशिय उपसंयोजक मोनी श्रेष्ठले समुदाय, दातृ निकाय तथा स्थानीय तहले सहयोग र समर्थनमा कार्य सम्पन्न भएकोमा खुशी आपूm खुसी रहेको बताइन ।
सामुदायिक विकास समाजका कार्यकारी निर्देशक मिलनकुमार घिसिङले कार्यक्षेत्रको स्वास्थ्य, सरसफाई, समूहको सशक्तिकरण, चेतना स्तर अभिवृद्धि हुनुका साथै परियोजनाले जगाउने, सघाउने र अघि लगाउने भूमिका निर्वाह गरेको बताए ।

Share this

प्रतिकृया

Add