रामेछापका घिसिङ महासंघको केन्द्रीय सदस्यमा निर्वाचित

 शनिबार, मंसिर १५, २०७५ | onlinenews
Share this

रामेछापः गैरसरकारी संस्था महासंघ नेपालको नबौं महाधिवेशनबाट रामेछाप जिल्लाबाट केन्द्रीय सदस्य पदमा मिलनकुमार घिसिङ विजयी भएका छन् ।
जिल्लालाई कार्यक्षेत्र बनाएर गैरसरकारी संस्थाको नेतृत्व गर्दै आएका घिसिङले जिल्ला मात्रै नभएर गैससको क्षेत्रमा देशकै नेतृत्व गर्न आफू सक्षम रहेकाले भन्दै केन्द्रीय सदस्यको लागि उम्मेदवारी दिएकोे थिए ।
गए राति भएको निर्वाचनमा  ६९९ मत खसेकोमा घिसिङले ५१८ मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भएक हुन् ।
घिसिङले आपूm केन्द्रीय सदस्यमा निर्वाचित भएपछि गैसस महासंघलाई थप प्रभावकारी, एकतावद्ध र समावेशी वनाउनका लागि आवश्यक योगदान आफूले गर्ने बताएका छन् ।
अन्तराष्ट्रिय गैसससँग समेत सम्बन्ध विस्तार गर्न सफल घिसिले आपूm महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएमा गैर सरकारी संस्था र अन्तराष्ट्रिय गैससबीचको साझेदारितालाई पारास्पारिक सम्मानपूर्ण, परादर्शी बनाउँददै स्थानीय साझेदारितामा जोडदिने प्रतिवद्धता जनाएका छन् ।
त्यसैगरी गैसस महासंघलाई सुदृढ र ग्रामीण तहसम्म पु¥याई स्थानीय संस्थाहरुको क्षमता विकास, कृयाशीलता र स्रोतमाथिको पहूँच स्थापित गर्न पहल गर्ने उनको भनाई छ । सरकारी तथा गैससबीच साझेदारिताको अभ्यासका लागि वकालत, सामाजिक विकास ऐनको पक्षमा वकालत एवं गैससमैत्री वातावरण निर्माणमा आपूmले जोड रहने घिसिले बताए ।
गैसस महासंघको केन्द्रको सस्थापक अध्यक्ष स्वर्गीय जगदिश घिमिरे थिए । त्यसपछि रामेछाप जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने घिसिङ नै पहिलो ब्यक्ति हुन् ।

Share this

प्रतिकृया

Add