नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
रामेछाप– भोली मंगलबार विश्व आप्रबासी कामदार दिवस परेको छ । आप्रबासी कामदार दिवस विभिन्न कार्यक्रमको आयोजना गरि देशभर मनाइदै छ । “आत्मसम्मान सहितको अप्रवासन” भन्ने मूलनाराका साथ देशैभर दिवस मनाउन लागिएको हो ।
आप्रबासी कामदार दिवस रामेछाप जिल्लामा पनि मनाउने तयारी भइरहेको आप्रवासी श्रोतकेन्द्र रामेछापले जनाएको छ ।
आप्रवासी कामदार दिवसको अवसरमा मंगलबार दिउसो जिल्ला समन्वय समिति रामेछापको सभाहलमा रामेछाप जिल्लामा वैदेशिक रोजगारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने श्रोतकेन्द्रले जनाएको छ ।
मन्थली नगरपालिकाको आयोजनामा हुने अन्तरक्रिया कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, जिल्लास्थित वैदेशिक राजगारीसँग सम्बन्धित सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधि, वैदेशिक रोजगारीबाट फर्किएका पीडित तथा सूचना केन्द्रका लाभग्राहीहरु र सम्बन्धित सरोकारवालाहरुको उपस्थिति रहने छ ।
त्यसैगरी मंगलबारकै साँझ वैदेशीक रोजगारिको क्रममा मृत्यु भएकाहरुको सम्झना र घाइते तथा अपाङ्गता भएकाहरुको सिघ्र स्वास्थ्य लाभको कामना सहित साँझ ५ बजे मन्थलीस्थित देवकोटाचोमा दीप प्रज्वलन गरिने छ ।
वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउने उद्देश्यले रामेछाप जिल्लामा गएका पाँच वर्ष हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालसँग सहकार्य गरि चारघरे सेवा समिति र सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारले काम गरेको थियो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मन्थली नगरपालिकाको अगुवाइमा गोकुलगंगा, उमाकुण्ड र दोरम्बा गाउँपालिकाको सहकार्यमा यही पौष १ गतेबाट सो कार्यक्रमलाई निरन्तरता दिइएको छ । कार्यक्रम सञ्चालनको लागि प्राविधिक सहयोग हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालले गर्ने छ ।