रामेछाप बजारमा म्याद नाघेको र अनुमतिबिनाको सामान बिक्री

उपभोक्ताको स्वास्थ्यमा समेत खेलवाड गरेको प्रशासनको भनाई

 शुक्रबार, पुस १३, २०७५ | onlinenews
Share this

रामेछाप–रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा लाग्ने बिहीबारे साप्ताहिक हाटमा व्यापारीहरुले उपभोक्तामाथि ठगि गरेको पाइएको छ ।
हाट बजारमा अनुगमनको क्रममा अनुमतिबिना सामान बिक्री गरेको र उपभोक्ताको स्वास्थ्यमा समेत खेलवाड गरेको पाइएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।
अनुगमनका क्रममा म्याद नाँघेका खाद्य बस्तु तथा अनुमतिबिना बिक्री वितरण गरिएको सुर्तीजन्य बस्तु बरामत गरिएको छ । त्यसैगरी तौल नपुग्ने माना, पाथि र मापडण्ड विपरितका तराजु समेत अनुगमन टोलीले जफत गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, रामेछाप घरेलु तथा साना उद्योग विकास समिति, रामेछाप उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालय सहितको संयुक्त बजार अनुगमन टोलीले रामेछाप बजारबाट ७० हजार भन्दा बढी मूल्य बराबरको म्याद नाँघेका तथा अनुमतिबिना बिक्री गरिरहेको सामाग्री बरामत गरेको छ ।
पसल तथा होटको अनुगमनका क्रममा बिना इजाजत बिक्री गरिरहेको ५ बोरा सुर्ती १५ पेटी चुरोट, ७ मुठा बिडी साथै मापदण्ड विपरीतका ३८ वटा माना र ४ वटा पाथि जफत गरेको छ ।
उपयोग गर्न योग्य मिति लेखिएको ठाउँमा टिपेक्स लगाएर बिक्री गरिहेको म्याद नाँघेको कस्मेटिक समान समेत २ बोरा जफत गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापका नायव सुब्बा लक्ष्मण भुजेलले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा खटिएको अनुगमन टोलीले ग्यास र मासु पसलको पनि अनुगमन गरेको छ ।

Share this

प्रतिकृया

Add