रामेछाप जिल्लामै पहिलो पटक पुनर्निर्माण सम्पन्न प्रमाण–पत्र प्रदान

 सोमवार, पुस १६, २०७५ | onlinenews
Share this

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकाको वडा नम्बर ३ र ६ का भूकम्प प्रभावित लाभग्राही पुनर्निर्माण कार्यक्रम अन्तर्गत निजी आवास निर्माण सम्पन्न गर्ने जिल्लाकै पहिलो वडा भएका छन् ।
लिखु तामाकोशी गाउँपालिकाको वडा नम्बर ३ र ६ का ३ सय १० घर लाभग्राही मध्य ३ सय जनाले घर निर्माण सम्पन्न गरेपछि घर निर्माण गरिसकेकाहरुलाई पुनर्निर्माण सम्पन्न प्रमाण–पत्र प्रदान गरिएको हो ।
रामेछाप जिल्लामा पुनर्निर्माण कार्यक्रम अन्तर्गत निजी आवासको पुनर्निर्माण सम्पन्न भएको प्रमाण–पत्र प्रदान गरिएको यो पहिलो पटक हो ।
लिखु तामाकोशी गाउँपालिका–३ र ६ मा सामुदायिक विकास समाजमार्फत आवास पुनर्निर्माण सहायता परियोजना (मेडयर) को आर्थिक र प्राविधिक सहयोगमा निजी आवास निर्माण गरिएको थियो ।


आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरि घर निर्माण गरिसक्ने लाभग्राहीहरुलाई पुनर्निर्माण सम्पन्न प्रमाण पत्र प्रदान गरिएको हो । निजी आवास निर्माण सम्पन्न गर्ने लाभग्राहीहरुलाई लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्का, अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार जिमालिका रामेछापका प्रमुख कृष्णलाल पिया, राष्ट्रिय पुनिनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) रामेछापका प्रमुख प्रभाकर लाकर्णले प्रदान गरेका थिए ।
पुनर्निर्माण सम्पन्न प्रमाण–पत्र वितरण कार्यक्रमलाई संवोधन गर्दै अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार जिमालिका रामेछापका प्रमुख कृष्णलाल पियाले अहिले पुनर्निर्माणको काम पनि स्थानीय तह अन्तर्गत आएको बताए ।
गाउँमा परिचालित प्राविधिकहरुलाई परिचालन गर्ने र हारिजी प्रमाणिकरण गर्ने काम सम्बन्धित पालिकाले गर्ने पियाले बताए । लाभग्राहीमा छुटेको प्रभावितहरुलाई सम्बन्धित वडा र गाउँपालिकाको सिफारिसको आधारमा लाभग्राही सूचीमा समावेश गरिने पनि पियाले जानकारी दिए ।


राष्ट्रिय पुनिनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) रामेछापका प्रमुख प्रभाकर लाकर्णले लिखु तामाकोशी गाउँपालिकाको वडा नम्बर ३ र ६ पुननिर्माण सम्पन्न गर्ने जिल्लाकै पहिलो वडा भएको बताए । गाउँपालिकाभित्र पुनर्निर्माणको काम सुरु हुन नसकेको र छुटेकाहरुको पहिचान गरि तत्कालन पुनर्निर्माणको थालनी गराउँन पनि उनले गाउँपालिकालाई अनुरोध गरेका छन् ।
आवास पुनर्निर्माण सहायता परियोजना (मेडयर)ले लिखु तामाकोशी गाउँपालिकाको वडा नम्बर ३ र ६ साथै साविकको विजुलीकोट गाविसका १ हजार २ सय ६३ घर लाभग्राहीलाई प्राविधिक सहयोग गर्दै आएको छ ।
मेडयरले त्यस क्षेत्रमा पुनर्निर्माणको काम सँगसँगै स्वास्थ्य तथा सरसफाईको क्षेत्रमा पनि काम गर्दै आएको छ ।

Share this

प्रतिकृया

Add