स्वास्थ्य संस्थासँगै भट्टी पसल सञ्चालन, स्थानीय सरकार मौन

 मङ्लबार, माघ ८, २०७५ | onlinenews
Share this

रामेछाप- जिल्लाको सुनापति गाउँपालिका–२ दिमीपोखरीमा स्वास्थ्य संस्थाकै आगनमा रक्सी भट्टी सञ्चालन हुँदा बिरामी र स्थानीय मर्कामा परेका छन् ।
सुनापति गाउँपालिका–२ दिमीपोखरीस्थित उपस्वास्थ्य चौकी भवन र वडा कार्यालयकै आगनमा रहेको सामुदायिक भवनमा खुलेआम भट्टी पसल सञ्चालन हुँदा स्थानीय मर्कामा परेका हुन् ।
उपस्वास्थ्य चौकी र वडा कार्यालयको आगनमै वर्षाैदेखि भट्टी पसल सञ्चालन गरिदा पनि स्थानीय निकाय र प्रशासनले वास्ता नगरेको स्थानीयको गुनासो छ ।
किराना पसलका लागि भन्दै कृषि कार्यालयको भवन भाडामा लिएर धावा घिसिङ (लामा) ले वर्षाैदेखि भट्टी पसल सञ्चालन गर्दै आएका छन्् ।
सुनापाति गाउँपालिका–२ का अध्यक्ष कमलबहादुर केसीले स्वास्थ्य चौकीको आगनमा भट्टी पसल सञ्चालन भइरहेको स्वीकार गर्दै गाउँलेबाट समेत गुनासो आएको बताए ।
स्वास्थ्य संस्था अगाडिबाट भट्टि पसल हटाउन पटक–पटक ताकेता गर्दा पनि भट्टी सञ्चालकले अटेर गरेको सुनापति गाउँपालिका अध्यक्ष धावा लामाले बताए ।
भवनको अभावमा प्रसूति गृह पालको टहरामा सञ्चालन गरिएको छ । तर, स्वास्थ्य चौकीसँगै रहेको सरकारी भवनमा भट्टी पसल सञ्चालन भइरहेको छ ।
सरकारी भवनको ३ वटा कोठा ओगटेर बसेको भट्टी पसल हटाउन आफूले प्रहरी, प्रशासनलाई समेत पटक–पटक अनुरोध गरेको तर हटाउन नसकिएको गाउँपालिका अध्यक्ष धावा लामाले बताए ।
स्वास्थ्य चौकीको आगनमा रहेको भट्टी पसल हटाउन पटक–पटक आग्रह गर्दा पनि अटेर गरेको भन्दै अध्यक्ष लामाले प्रशासनलाई खबरदारी गरिदिन सञ्चारमाध्यमलाई नै आग्रह गरे ।
विद्यालय र स्वास्थ्य संस्था जस्ता कार्यालयको वरपर भट्टी तथा मदीराजन्य होटल सञ्चालन गर्न नमिल्ले रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।
दिमीपोखरीको स्वास्थ्य चौकीको आगनमा भट्टी पसल सञ्चालन भएको जानकारी आपूmलाई नभएको भन्दै यस्तो गैर कानूनी कार्य गरेको पाइएमा कारबाही गरिने पनि बताएका छन् ।
दिमीपोखरीमा मात्र हैन, सुनापति गाउँपालिकाको हिलेदेविको पानीट्यांकी भन्ने स्थानमा रहेको स्वास्थ्य चौकीको हाताभित्र समेत मदीराजन्य होटल सञ्चालन भइरहेको छ ।

(यो समाचार निगरानी समूहले उत्पादन गरेको हो ।)

Share this

प्रतिकृया

Add