जन्तेबाख्रो खान काँग्रेस नेताहरु हेलीकप्टरमा

 शुक्रबार, माघ ११, २०७५ | onlinenews
Share this

रामेछाप–नेपाली काँग्रेस रामेछापका नेताहरु विवाहको भोज खान हेलीकप्टर चढेर रामेछापको गुम्देल पुगेका छन् ।
रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका उपाध्यक्ष उर्मिला कार्कीको देवरको विवाहको भोज खान नेपाली काँग्रेस रामेछापका आधादर्जन नेताहरु हेलीकप्टर चढेर उमाकुण्ड गाउँपालिकाको गुम्देल पुगेका हुन् ।
विवाहको भोज खान नेपाली काँग्रेस रामेछापका पूर्वसभापति रामचन्द्र खड्का, नेपाली काँग्रेसको तर्फबाट रामेछाप प्रदेशसभा ‘क’ का प्रत्यासी जितबहादुर मगर, जिल्ला सभापतिको लागि दुई पटकसम्म चुनाव लडेका अर्नुजकुमार केसी, महाधिवेशन प्रतिनिधि भरत चौलागाई र विनिता खड्का हेलीकप्टर चढेर रामेछापको गुम्देल पुगेका हुन् ।


पार्टीका नेताहरु विवाहको भोज खान हेलीकप्टर चढेर गएपछि काँग्रेसकै कार्यकर्ताहरुले नेताहरुको तीब्र आलोचाना गर्न थालेका छन् । नेपाली काँग्रेस रामेछापका एक कार्यकर्ताले नाम उल्लेख नगर्ने शर्तमा नेपाली काँग्रेसका नेताहरुले विपीको सिद्धान्तलाई तिलान्जली दिएको बताए ।
रातदिन मेहनत गरेर काम दर्ता हामी काँग्रेसका कार्यकर्ताहरुलाई दुई छाक टार्न मुस्कील छ तर नेताहरुलाई विवाहको भोज खान जानको लागि हेलीकप्टर चढ्ने पैसा कहाँबाट आयो ? ती काँग्रेस कार्यकर्ताले प्रश्न समेत गरे ।


नेताहरुले महामानव विपीको सिद्धान्त भजाएर, विपीको सिद्धान्तलाई कमाईखाने भाडो बनाएको समेत काँग्रेस कार्यकर्ताको आरोप छ । नेताहरु हेलीकप्टर चढेर विवाहको भोज खान गएकोमा काँग्रेस कार्यकर्ताहरु साथै सामाजिक सञ्जालमा पहुँच राख्ने ब्यक्तिहरुले समेत फेसबुकबाट आलोचना गरेका छन् ।
नेपाली काँग्रेसले महामानव विपी कोइरालाको आदर्श र सिद्धान्तलाई बिर्संदा चुनावमा पराजीत भएको पनि ती नेताले बताए । काँग्रेस नेताहरु विपीको समाजवादको सिद्धान्तलाई विर्सिएर कालो धन कमाउने धन्दामा लागेको समेत ती कार्यकर्ताको आरोपछ । नेताहरु यसरीनै भ्रष्टिकरण हुँदै जाने हो पार्टी नै समाप्त हुने उनको तर्क छ ।

Share this

प्रतिकृया

Add