आगलागि पीडितलाई रेडक्रसले दियो राहात

 मङ्लबार, माघ १५, २०७५ | onlinenews
Share this

रामेछाप-  रामेछाप जिल्लाको रामेछाप नगरपालिका–६ ओख्रेनीको डान्सिङटारमा आगालागिबाट घर जलेर पूर्णरुपमा क्षति भएका शंखमान मगरको परिवारलाई नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाले राहात प्रदान गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाले मगरलाई घर आगलागि भएकै दिन घटना स्थलमा पुगेर राहात प्रदान गरेको हो । घर आगलागिबाट मगरको १ वर्षका छोरा दिपेन्द्र मगरको मृत्यु समेत भएको छ ।


आगलागिबाट १ वर्षिय बालको मृत्यु हुनुका साथै घर पूर्णरुपमा जलेर घरबार बिहीन भएका मगर परिवारलाई नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाले, त्रिपाल, ओढ्ने कम्मल, लगाउने कपडा, चप्पल, खाना पकाउने र खाने भाँडाहरु, ब्रस मञ्जनलगायत मगरको परिवारलाई आवश्यक पर्ने एकसरो आधारभूत सामग्री प्रदान गरेको हो ।


घटना भएको थाहा पाए लगत्तै राहात सामग्री लिएर घटना स्थल पुगेका नेपाल रेडक्रस सोसाइटी रामेछाप शाखाका मन्त्री जयप्रकाश श्रेष्ठले पीडित परिवारलाई राहात सामग्री हस्तान्तरण गरेका हुन् ।
अचानक आगलागी हुँदा घरमा सुताएर राखिएकोे १ वर्षिय बालक दिपेन्द्र मगरको जलेर ज्यान जानुका साथै खरले छाएको दुई वटा घर जलेर नष्ट भएको थियो ।


आगलागिबाट घरभित्र राखिएको भाँडा, लत्ताकपडा, अन्नपात र ५० हजार रुपैयाँ नगद सहित ५ लाख रुपैयाँ बराबरको क्षति भएको घटना स्थलबाट रामेछाप नगरपालिका–७ का अध्यक्ष समिर कार्कीले जानकारी दिए ।

Share this

प्रतिकृया

Add