रामेछाप गेलुको पेटासी बनमा भिषण आगलागि टेलीकमको टावर उच्च जोखिममा

 शुक्रबार, माघ १८, २०७५ | onlinenews
Share this

रामेछाप- जिल्लाको मन्थली नगरपालिका वडा नम्बर १२ गेलु सावडाडाँ स्थित पेटासी बन क्षेत्रबाट भिषण आगलागी सुरु भएको छ ।
अगो लाग्न शुक्रबार साँझबाट सुसुरु भएको  हो । आगो नियन्त्रणमा लिन नसक्दा  ठूलो क्षेत्रफफमा फैलिरहेको स्थानीयहरुले बताएका छन्न् ।
आगोबाट खाँडादेबी डाँडामा रहेको नेपाल टेलिकमको टावर र आसपासको बन छेउबाट टागिएको बिद्युतको लाइन समेत उच्च जोखिममा परेको छ ।
शुक्रबार साँझ चारै तिरबाट आगो आए पछि स्थानीयहरुले निभाउनको लागि प्रयास गरिरहेका छन् । आगो नियन्त्रणको लागि सदरमुकाम मन्थलीबाट सेना त्यसतर्फ जाने तयारी भइरहेकोे प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।
आगो के कारणले लाग्यो भन्ने खुलेको छैन ।

Share this

प्रतिकृया

Add