संविधान दिवसको अवसरमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता
मङ्लबार, अशोज १, २०८१
रामेछाप– नेपाली काँग्रेसका नेता पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङ्गको पञ्चकन्यादेवि मन्दीरलाई तीन लाख एक हजार रुपैयाँ सहयोग गरेका छन् ।
काँग्रेस नेता तामाङले एक औपचारिक कार्यक्रमको आयोजना गरि मन्दीरलाई सहयोग स्वरुप तीन लाख एक हजार रुपैयाँ रकम प्रदान गरेका हुन् ।
तामाङले रामेछापका विभिन्न सामाजिक क्षेत्र तथा सडक निर्माणको लागि सहयोग गर्दै आएका छन् । कतिपय स्थानमा सडक निर्माणको लागि निःशूल्क रुपमा डोजर समेत उपलब्ध गराउँदै आएका छन् ।
आपूm बौद्ध धर्म मान्ने भए पनि सबै धर्म बराबरी भएकाले सबै धर्मको संरक्षण गर्नको लागि आफू लागिपरेको उनको भनाई छ ।
नेपाली काँग्रेसको तर्फबाट रामेछाप जिल्लाबाट संघीय सांसदको लागि उम्मेदवार समेत बनेका तामाङले निर्वाचनको बेला भोट माग्न जनताको घरदैलोमा पुग्दा आपूmले जनतासँग गरेको बाचा अनुसारको काम गरिरहेको बताए ।