दुर्द चौमासिकमा २४ प्रतिशतमात्र बजेट खर्च

 शुक्रबार, फाल्गुन २४, २०७५ | onlinenews
Share this

रामेछाप: जिल्लाको मन्थली नगरपालिकामा चालू आर्थिक वर्षको दुर्द चौमासिक वितिसक्दा २४ प्रतिशतमात्रै बजेट खर्च भएको छ ।
मन्थलीन नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले चौथो नगरसभामा सो जानकारी दिएका हुन् । दक्ष जनशक्ति पर्याप्त नहुँदा सोचे अनुसारको काम गर्न नसकिएको मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले बताए ।
मन्थली नगरपालिकामा आवश्यकता भन्दा बढी कर्मचारी रहेको तर दक्ष जनशक्ति पर्याप्त नहुँदा नगरपालिकाले सोचे अनुसारको काम हुन नसकेको उनको भनाई छ ।
नगरप्रमुख बस्नेतका अनुसार चालू आर्थिक वर्षमा नगरपालिकाको पूँजितग वार्षिक कुल बजेट २८ करोड ८२ लाख १९ हजार रुपैयाँ रहेको छ । जसमध्यय १३ करोड ४७ लाख २३ हजार रुपैयाँ निकास भएको छ ।
सो रकमबाट ३ करोड २९ लाख २५ हजार रुपैयाँ मात्र खर्च भएको छ । खर्च भएको बजेट निकासा भएको बजेटकोे २४ दशमलव ४३ प्रतिशत हो ।
मन्थली नगरपालिका अन्तर्गत ३ सय ९५ वटा योजना रहेकामा १ सय ६९ वटा योजना सम्झौता नै हुन सकेको छैन । हालसम्म १ सय २७ वटा योजना सझौता भएर काम भइरहेका छन् भने ७२ वटा योजना सम्पन्न भएर अन्तिम भुक्तानी भएको नगरपालिकाले जनाएको छ ।
चालू आर्थिक वर्षको दुई चौमासिकमा आन्तरिक आयबाट १ करोड ५८ लाख ७३ हजार रुपैयाँ राजश्व संकलन भएको नगरपालिकाले जानकारी दिएको छ ।

Share this

प्रतिकृया

Add