रामेछापमा ट्याक्टर दुर्घटना, ६ जना घाइते २ को अवस्था गम्भीर

 बुधबार, चैत्र १३, २०७५ | onlinenews
Share this

रामेछापः जिल्लाको मन्थली नगरपालिकाको सिक्रालमा ट्याक्टर दुर्घटना हुँदा चालक सहित ६ जना घाइते भएका छन् । घाइते मध्य दुई जनाको अवस्था गम्भीर रहेको सशस्त्र प्रहरी बल आश्रीत गुल्म रामेछापले जनाएको छ ।
दुर्घटनामा परि घाइते हुनेहरुमा पुरानागाउँका वर्ष ४० का एकराज गिरि, उनका छोरा वर्ष १२ का बिबेक गिरि, सोही वडाका वर्ष १४ का सुनिल गिरि, वर्ष १२ की रमिला गिरी, वर्ष १० का बिजय गिरि र टयाक्टर चालक ओखलढुङ्गा खिजीफलाटे गाउँपालिका घर भएका वर्ष १९ का गेल्जे शेर्पा रहेका छन् ।


सशस्त्र प्रहरीका अनुसार घाइतेहरु मध्य एकराज गिरी र विजय गिरीको अवस्था गम्भीर रहेको छ । रामेछापको सदरमुकाम मन्थलीबाट रड र सिमेन्ट लिएर पुरानागाउँ जाँदै गरेको ना ५ त ५७९४ नम्बरको ट्क्याटर मन्थली नगरपालिकाको सिक्रालमा बुधार साँझ दुर्घटना भएको हो ।
गम्भीर घाइते भएका दुबै जनालाई उपचारको लागि एम्बुलेन्स मार्फत काठमाडौं लगिएको छ भने अन्य घाइतेहरुको मन्थलीस्थित तामाकोसी सहकारी अस्पतालमा उपचार भइरहेको छ ।

Share this

प्रतिकृया

Add