हावाहुरी पीडितका लागि राहत संकलन गर्दै जिपी फाउण्डेशन

 सोमवार, चैत्र १८, २०७५ | onlinenews
Share this

रामेछापः आइतबार साँझ आएको हावाहुरीका कारण बारा र पर्सामा मृत्य भएकाका परिवारलाई सहयोग गर्न गिरिजा प्रसाद कोइराला फाउण्डेशन रामेछाप आर्थिक राहत संकलनमा जुटेको छ ।
आइतबार आएको हावाहुरीले पु¥याएको क्षतिबाट पीडामा परेका नागरिकलाई थोरै भए पनि राहतको महसुस होस भन्ने उद्देश्यले राहत संकलन गर्न लागिएको जीपी फाउण्डेशन रामेछापले जनाएको छ ।
फाउण्डेशनले सोमबार ४२ हजार १ सय ६० रुपैयाँ राहत संकलन गरेको पनि जानकारी दिएको छ । सहयोग स्वरुप संकलन गरिएको राहत सामाग्री तथा रकम हावाहुरीबाट पीडितलाई प्रभावित क्षेत्रमै गई वितरण गरिने संस्थाका अध्यक्ष दीपक खड्काले बताए ।
बुधबारसम्म राहत सामाग्री तथा रकम संकलन गरिने फाउण्डेशनले जनाएको छ । अझै दुई दिनसम्म राहत संकलन अभियान सञ्चालन गरिने भएकाले आपूmले सकेको सहयोग गरिदिन रामेछापबासीलाई अध्यक्ष खड्काले आग्रह समेत गरेका छन् ।

Share this

प्रतिकृया

Add