नेपालमा अर्कालाई सम्पत्ती कमाइदिँदा भ्रष्टाचार भएको छ : न्यौपाने
शनिबार, मंसिर १, २०८१
रामेछापः एक वर्षदेखि सुनसान रहेको मन्थली विमानस्थल अहिले विदेशी पर्यटकले भरिभराउ भएको छ । रामेछाप जिल्लाको सदरमुकाममा रहेको मन्थली विमानस्थलबाट तीन वटा एयरलाइन्सले सोलुखुम्बुको लुक्ला उडान भर्न थालेपछि मन्थली विमानस्थल विदेशी पर्यटकले भरिएको हो ।
मन्थली विमान स्थलबाट तारा एयर, सीता एयर र समिट एयरले डेढ हप्तादेखि लुक्लाको लागि दैनिक उडान गर्दै आएको छ । तीन वटा एयरलाइन्सले दैनिक २० देखि ३० उडान भर्दा दैनिक ३ सय विदेशी पर्यटक मन्थली हुँदै सोलुखुम्बुको लागि उड्ने गरेको मन्थली विमाल स्थलका प्रमुख अमृतकुमार चौरसीयाले जानकारी दिए ।
काठमाडौंको त्रिभुबन बिमानस्थलको धावनमार्ग मर्मत सुरु भएसँगै त्रिभुबन बिमानस्थलबाट सोलुखुम्वुको लागि हुने उडान रामेछापको मन्थली विमानस्थलबाट भर्न थालिएको हो ।
काठमाडौंमा एयर ट्राफिम जाम धेरै हुने भएकाले मन्थलीबाट उडान गर्न निकै सहज भएको विमान चालक भुवन नेपालले बताए । काठमडौंबाट भन्दा मन्थलीबाट उडान गर्न सहज छ, विमान चालक नेपालले भने । काठमाडौंबाट एक उडान हुने समयमा मन्थलीबाट ३ देखि ४ उडान हुने गरेको विमान चालक नेपालको भनाई छ ।
मन्थलीबाट तीन वटा एयरलाइन्सले उडान भर्न थालेपछि रामेछापमा पर्यटकको आगमन बढ्नुका साथै मन्थलीबाट सोलुमा फलफुल, खाद्यन्न, मासु साथै निर्माण सामग्रिको ढुवानी समेत बढेको तारा एयर मन्थलीका स्टेशन प्रमुख प्रविण सुवेदीले बताए ।
पर्यटकको आगमन बढेपछि रामेछापका होटल ब्यवसायि समेत उत्साहित भएका छन् । संघीय संरचना कार्यान्वयमा आएसँगै मन्दी छाएको सदरमुकामको होटल ब्यवसाय पर्यटकको आगमनले फास्टाएपछि ब्यवसायिहरु उत्साहित भएका हुन् ।
मन्थली आएका पर्यकटहरुलाई खाना र बस्ने लजमा सन्तुष्ट बनाउन आपूmहरु लागि परेको एसएस एभरग्रिन होटल मन्थलीका सञ्चालक शेखरमान श्रेष्ठले बताए । स्थानीय ग्राहकलाई लिने शूल्क अनुसार नै विदेशी पर्यटकहरुलाई समेत सेवा दिने गरेको श्रेष्ठले बताए ।
होटल ब्यवसायि संघ रामेछापका अध्यक्ष समेत रहेका श्रेष्ठले मन्थलीमा एक रातमा ५ सय जनालाई राख्न सकिने सुविधा सम्पन्न होटलहरु रहेको बताए ।
पर्यटकलाई खान र बस्नमा सकभर सुन्तुष्ट पार्ने कोसिस गरिरहेको जिएस होटल मन्थलीका सञ्चालक गणेश थपलियाले बताए । मन्थलीमा सुविधा सम्पन्न होटलहरु कम भएकाले अधिकांस पर्यटकहरु बिहान काठमाडौंबाटै आएर सोलु जाने गरेको उनलको भनाई छ ।