सुनापाति र खाँडादेविमा साताब्यापी सरसफाई अभियान

 सोमवार, जेष्ठ २७, २०७६ | onlinenews
Share this

रामेछाप:  विश्व वातावरण दिवसको अवसरमा सुनापति र खाँडादेवी गाउँपालिकामा सप्ताहव्यापी सरसफाई महाअभियान सञ्चालन गरिएको छ ।
दिवसलाई आम नागरिकको सहभागितामा भव्य र सभ्य रुपमा मनाउन साथै सफा, सुग्घर र सुन्दर वडा बनाउनका लागि महाअभियान सञ्चालन गरिएको सामुदायिक विकास समाजका परियोजना संयोजक तिलक कार्कीले जानकारी दिए ।
सप्ताहब्यापी सरसफाई अभियानको १६ गते शुभारम्भ तथा सप्ताहव्यापी सरसफाई महाअभियान घोषणा, १७ गते शैक्षिक संस्था, स्वास्थ्य संस्था लगायत सम्पूर्ण सरकारी कार्यालयहरु सरसफाई कार्यक्रम, १८ गते आफ्नो घर, अझ सुन्दर वनाऔं कार्यक्रम अन्तर्गत शौचालय, घरआँगन सरसफाइ, प्लाष्टिक तथा सिसाजन्य वस्तु संकलन, १९ गते इश्वर÷भगवानको ठाउँ सफा गरी धर्म कमाऔं कार्यक्रममा धार्मिक स्थल, मठ मन्दिर, गुम्वा चर्च आदि सरसफाई, २० गते सफा पानी, स्वस्थ जिन्दगानी कार्यक्रममा धारो पँधेरो, पानीका मुहान तथा पोखरी सरसफाई, २१ गते हाम्रै माटो, हाम्रै बाटो हामी आफैँ सफा गर्छौ कार्यक्रममा बाटोघाटो, चौतारा सरसफाई र २२ गते ¥याली, वृक्षरोपण, विभिन्न चेतनामूलक सडक नाटक, गीत गजल, कविता, नृत्य साथै सप्ताहव्यापी महाअभियानको समापन गरिएको थियो ।


सुनापती गाउँपालिका वडा नं. ५ खनियापानीमा वडा कार्यालयको आयोजना, सचेतना महिला वचत तथा ऋण सहकारी संस्था, सुनापती बाल क्लब संजाल, दिपज्योती युवा संजाल, बाल मावि, जलदेवी मावि र कृष्णपुरी माविको समन्वय तथा सामुदायिक विकास समाज, महिला तथा बाल सशक्तिकरणः स्वास्थ तथा सरसफाई परियोजनाको सहयोगमा कार्यक्रम गरिएको हो । त्यसैैगरी सुनापती गाउँपालिका वडा नं. २ दिमीपोखरीमा वडा कार्यालयको आयोजना, मिलीजुली महिला वचत तथा ऋण सहकारी संस्था, समाज कल्याण बाल क्लब संजाल, प्रगतिशील युवा संजाल, अग्लेश्वरी मावि, मन्दर मावि र कृष्णवर्णेश्वर माविको समन्वयमा कार्यक्रम भएको हो ।


सरसफाइ महाअभियानमा क्रममा संकलित प्लाष्टिकजन्य र सिसाजन्य फोहोर संकलन गरी व्यवस्थापन गरिएको थियो । विद्यालय, सार्वजनिक स्थलमा फोहोर संकलन कन्टेनर, डष्विन राखिएको थियो । विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थामा वृक्षरोपण समेत गरिएको थियो । खाँडादेवी गाउँपालिकामा सरसफाइ सम्वन्धि अन्तरक्रिया, खाँडादेवी मन्दिर सरसफाइ, वडा नं. १ राकाथुम, वडा नं. २ मझुवा र वडा नं. ७ खाँडादेवीमा गाउँघर तथा विद्यालय सरसफाइ, वृक्षारोपण, ¥याली गरी मनाइएको थियो ।
सुनापती गापा वडा नं. २ र ५ को कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले यस्ता अभियानमा गाउँपालिकाले सदैव साथ, सहयोग र समर्थन गर्नुका साथै पूर्वाधार विकासका अलावा स्वास्थ्य र सरसफाइको योजना समेत तयार गर्न आग्रह गरे । समापन कार्यक्रममा सप्ताहिक महाअभियानका क्रममा सहयोग पु¥याउने वडा कार्यालय, महिला समूह, सहकारी, बाल क्लब, बाल क्लब तथा युवा संजाल, विद्यालय परिवार, राजनैतिक दल तथा सम्पूर्ण अभियान्तालाई सामुदायिक विकास समाजका परियोजना संयोजक तिलक कार्कीले धन्यवाद ज्ञापन गरेका थिए ।


साथै व्यक्तिगत सरसफाई, घरायसी, सार्वजनिक तथा वातावरणीय सरसफाइ गर्ने, वडा सफा, सुग्घर र सुन्दर राख्ने प्रतिवद्धता समेत गरिएको थियो । वडाध्यक्ष ठुलोकान्छा तामाङले सरसफाई अभियान निरन्तर गर्ने र वडा कार्यालयले योजना वनाइ अघि वढ्ने वताए । त्यसैगरी वडाध्यक्ष कमल कुमार केसीले नमूना कार्य गरेकोमा खुशी रहेका वताए । अभियानलाई निरन्तर सञ्चालन गरी स्वच्छ र सफा वडा वनाउन लागिपर्ने प्रतिवद्धता समेत जनाए ।

Share this

प्रतिकृया

Add