रामेछापको लखनपुरमा भएको बस दुर्घटनामा २ को मृत्यु १३ घाइते

 शुक्रबार, जेष्ठ ३१, २०७६ | onlinenews
Share this

रामेछाप: रामेछापको दोरम्बा गाउँपालिका–६ लखनपुरको बराहबोट भिरमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
दुर्घटनामा परि दोरम्वा गाउँपालिका–६ का उद्धव गौतम भनिने उदय गौतम र हरि गौतमको मृत्यु भएको दोरम्बा गाउँपालिका–६ का अध्यक्ष अम्बिका प्रसाद गजुरेलले जानकारी दिए ।
दुर्घटनामा परि गम्भीर घाइते भएका उदय र हरि गौतमको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको वडा अध्यक्ष गजुरेलले बताए ।
अन्य १३ जना घाइतेहरुको भने काभ्रेको धुलीखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
काठमाडौंबाट दोरम्बा गाउँपालिकाको गुँरासेतर्फ जाँदै गरेकोे बा २ ख ७२४२ नम्वरको अरनिको यातायात सेवा समितिको सुपर एक्सप्रेस बस दुर्घटना भएको हो ।
गाडी सडकबाट करिब ५० मिटर तल भिरमा खसेको छ । बसको इन्जीनमा समस्या आएर स्टेरिङ्ग नघुमेपछि दुर्घटना भएको बताइएको छ ।

Share this

प्रतिकृया

Add