रामेछापमा एम्बुलेन्स दुर्घटना १ को मृत्यु, एक गम्भीर घाइते

 आइतवार, असार ८, २०७६ | onlinenews
Share this

रामेछाप:  रामेछापको मन्थली–६ कुनौरीमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मत्यु भएको छ भने १ जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा परि चालक सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ का निरबहादुर श्रेष्ठको मृत्यु भएको छ भने सोही ठाउँका सुरज श्रेष्ठ गम्भीर घाइते भएका छन् ।
नेपाल रेडक्रस सोसाइटी सिन्धुलीद्धारा सञ्चालीत बा २१ च ७५२५ नम्बरको एम्बुलेन्स रामेछापमा विरामी लिन आउँने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।


घाइतेलाई उपचारको लागि काभ्रेसको धुलीखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए । एम्बुलेन्स सडकको मोडबाट सिधै खस्दा करिब २ सय मिटर तल झरेको थियो । तीब्र गतिको कारण मोडमा स्टेरिङ्ग काट्न नसक्दा दुर्घटना भएको प्रहरीको भनाई छ ।

Share this

प्रतिकृया

Add