प्रहरीद्धारा दुई पत्रकारमाथि निर्घात कुटपिट, सिन्धुलीका पत्रकारहरु आन्दोलित

 आइतवार, असार २२, २०७६ | onlinenews
Share this

सिन्धुली– नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष होमकुमार कार्की (राजन) र पूर्व अध्यक्ष मिनकुमार दाहाललाई प्रहरीले निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएको घटनालाई लिएर सिन्धुलीका पत्रकारहरु आन्दोलित भएका छन् ।
नेपाल पत्रकार महासंघ सिन्धुलीले विज्ञप्ति जारी गरि प्रहरीद्धारा पत्रकारमाथि भएको निर्घात कुटपिटको कटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत प्रहरी हवल्दार सलामशिंह लामा र प्रहरी जवान विकास सिंह स्याङतानले गयराति करिब ९ बजे अध्यक्ष कार्की र पूर्व अध्यक्ष दाहाललाई ज्यान मार्ने उद्देश्यसहित कुटपिट गरेको विज्ञप्तिमा जनाइएको छ ।
प्रहरीको निर्घात कुटपिटबाट बेहोस अवस्थामा काठमांडौ लगिएको नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कार्कीको अहिले अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ । विज्ञप्तिमा महासंघले पत्रकारद्वय कार्की र दाहालमाथिको आक्रमणको कडा शब्दमा निन्दा र भत्सर्ना गर्दै घटनामा संलग्न दोषीमाथि हदैसम्मको कानूनी कारबाहीको माग गरेको छ ।


उपचार व्यवस्था मिलाउन, र भविष्यमा यस्तो घटना दोहोरिन नदिन, पत्रकारको सुरक्षामा गम्भीर बन्न पनि सम्बन्धित निकायसँग जोडदार माग गरेको छ । प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, नेपाल प्रेस युनियन सिन्धुली, क्रियाशील महिला पत्रकार, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ सिन्धुलीले संयुक्त रुपमा विज्ञप्ती जारी गरि घटनाको भत्सर्ना तथा दोषिमाथि कडा कारबाहीको माग गरेका छन् ।
पत्रकार दाहाल र कार्की होटलमा खाना खइरहेको बेला मदीराले मातिएर त्यहाँ पुगेका प्रहरीले होटल भित्रबाट कुटपिट गर्दै बाहिर ल्याएर इट्टा, ढुङ्गा, हेलमेट र वियरको बोटतले हानेको पीडित पत्रकारहरुले बताएका छन् ।
कार्की र दाहालको शरीर भरी चोटपटक छ । घट्नापछि बिहोस भएका कार्कीलाई गयराति नै काठमाडौं लगिएको थियो ।
नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष र पूर्व अध्यक्षमाथि भएको निर्घात कुटपिटको विषयलाई लिएर सिन्धुलीका पत्रकार आन्दोलित भएका छन् ।
नेपाल पत्रकार महासंघ लगायत सिन्धुलीमा रहेको विभिन्न पत्रकार संघसंगठनहरुले आइतबार बिहान विज्ञप्ति जारी गर्दै दोसीमाथि कडा कारबाहीको माग गर्दै पत्रकारको पूर्ण सुरक्षाको ग्यारेन्टी गर्न माग गरेका छन् ।
पकारमाथि भएको कुटपिटको विरुद्ध आन्दोलनमा उत्रिएका पत्रकाहरुले जिल्ल प्रशासन कार्यालयमा धर्ना दिनुका साथै ज्ञापन–पत्र समेत बुझाएका छन् । धर्नापछि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ज्ञापन–पत्र बुझाउदै नेपाल पत्रकार महासंघ सिन्धुली शाखको उपसभापति विमला पाण्डेले नियोजित घटनाको बास्तविक छानविन गरि दोषिमाथि कडा कारबाहीको माग गरिन ।
प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापन–पत्रमा पत्रकारद्धय कार्की र दाहालमाथि सांघतिक आक्रमण गर्ने प्रहरीलाई निलम्वन गरि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराई कारबाहीको प्रक्रिया अगाडी बढाउनुपर्ने, पत्रकार सुरक्षाको ग्यारेण्टी गर्नुपर्ने, घाइतेको उपचार र क्षतिपूर्तीको व्यवस्था गर्नुपर्ने लगायतको मागहरु रहेका छन् ।
सो ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले दोषिलाई कडा भन्दा कडा कारबाही गर्न आपूm प्रतिवद्ध रहेका प्रतिवद्धता जनाएका छन् ।
टनापछि कुटपिटमा संलग्न दुबै प्रहरीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएर हिरासतमा राखेएको छ । घटनाबारे अनुसन्धान भइरहेको भन्दै दोसीलाई हदैसम्मको कारबाही गरिने सिन्धुली जिल्ला प्रहरी कार्यालय प्रमुख चक्रबहादुर सिंघले बताएका छन् । कुटपिटबाट सख्त घाइते कार्की रेडियो सहाराका प्रबन्ध निर्देशक तथा पत्रकार महासंघ शाखा सिन्धुलीका अध्यक्ष हुन भने दाहाल रेडियो महाभारतका अध्यक्ष तथा नेपाल टेलिभिनका सिन्धुलीका संवादात हुन् ।

Share this

प्रतिकृया

Add